गायिका समिक्षा अधिकारी र सुदिप कुँवरको स्वरमा रहेको गीत “मायालु जहिले रिसाउनी” को भिडियो सार्वजनिक भएको छ ।
गीतमा विष्णु नेपालले शब्द रचना गरेका हुन् । गीतमा सुदिप कुँवारकै संगीत र केशब बडुुको एरेन्ज रहेको छ ।
कुँवारले निर्देशन गरेको भिडियोमा शेर बहादुरको छायांकन, सुजन बडालको सम्पादन रहेको छ । भिडियोमा बाल कलाकार आरभि अर्यालको पनि अभिनय रहेको छ । भिडियोमा गायिका समिक्षालाई सुदिप कुँवारले फकाइरहेको देख्न सकिन्छ ।


