×
शनिबार, भदौ २७, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै
  • २ घण्टा अघि

बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)
  • ३ घण्टा अघि

नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ३ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै
  • ३ घण्टा अघि

सुन ताेलामा ४८ सयले घट्याे
  • २३ घण्टा अघि

आज कुशे औँसी
  • १ दिन अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १ दिन अघि

चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
  • १ दिन अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना
  • १ दिन अघि

राहुलको शतकमा पन्जाबको सान

  •  गोरखा समाचार
  • शुक्रबार, असोज ०९, २०७७ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    कप्तान केएल राहुलको कीर्तिमानी शतकमा किंग्स इलेभेन पन्जाबले इन्डियन प्रिमियर लिग (आईपीएल) मा बिहीबार रोयल च्यालेन्जर्स बेंग्लोरलाई ९७ रनको विशाल स्कोरले माथ दिएको छ । टस हारेपछि ब्याटिङ निम्तो पाएको पन्जाबले दुबई अन्तर्राष्ट्रिय रंगशालामा राहुलको १ सय ३२ रनमा ३ विकेट गुमाई २ सय ६ रन बनायो । जवाफमा बेंग्लोर १७ ओभरमा १ सय ९ रनमा अलआउट भयो ।

    आईपीएलमा राहुलको यो दोस्रो शतक हो । १७ र १८ औं ओभरमा दुवै पटक बेंग्लोरका कप्तान विराट कोहलीले क्याच छाडेको भरपुर फाइदा उठाउँदै राहुलले करुण नैरसँग अन्तिम २८ बलमा ७८ रन जोडेका थिए । त्यसमा नैरको योगदान ८ बलमा दुई चौकासहित अविजित १५ रन थियो । यी दुईले अन्तिम दुई ओभरमा मात्रै ४९ रन जोडेका थिए । कोहलीले ८५ र ८९ रनमा हुँदा राहुलको क्याच छाडेका थिए ।

    राहुलले १९ औं ओभरमा डेल स्टेयनलाई ३ छक्का र २ चौका गरी २६ रन प्रहार गरे । शिवम दुबेले फालेको इनिङ्सको अन्तिम ओभरको पहिलो तीन बलमा नैरले ७ रन जोडे भने अन्तिम तीन बलमा राहुलले क्रमशः चौका र लगातार दुई छक्का प्रहार गरे । राहुलले आफूले सामना गरेको अन्तिम ९ बलमा ४२ रन जोडे, त्यसमा ५ छक्का र तीन चौका थियो ।

    २०१३ मा राहुलले बेंग्लोरबाट विकेटकिपरको रूपमा आईपीएलमा आफ्नो पहिलो खेल खेलेका थिए । ट्वान्टी–२० मा उनले आफ्नो १ सय १२ रनको उच्च स्कोर उछिनेका हुन् । राहुलको यो स्कोर भारतीय खेलाडीले आईपीएलमा बनाएको उच्च स्कोर पनि हो । तत्कालिन दिल्ली डेरडेभिल्सका रिसब पन्तले दुई वर्षअगाडि १ सय २८ रन बनाएका थिए । कप्तानको रूपमा राहुलको यो स्कोर आईपीएलकै ठूलो थियो ।

    राहुलले ६९ बलको इनिङ्समा १४ चौका र ७ छक्का प्रहार गरे । उनले मायंक अग्रवालसँग पहिलो विकेटमा ७ ओभरमा ५७ रन जोडेका थिए । अग्रवालले २० बल खेली ४ चौकासहित २६ रन बनाए । निकोलस पूरन १७ र ग्लेन म्याक्सवेल ५ रनमा आउट भएपछि राहुल र नैरको जोडी आक्रामक बनेको थियो । बेंग्लोरका दुबेले दुई र स्टेयनले १ विकेट लिए ।

    रवि विष्णोइ र मुरुगान अश्विनले समान ३ विकेट लिएपछि बेंग्लोर धराशायी हुन पुग्यो । सेल्डोन कोटरेलले सुरुआतमा देवदत्त पाडिक्कल र कोहलीलाई समान १ रनमा आउट गरे । मोहम्मद सामीले जोस फिलिप्सलाई शून्यमा एलबीडब्लू आउट गरेपछि बेंग्लोर ३ ओभरमा ३ विकेट गुमाई ५ रनको अवस्थामा थियो ।

    बेंग्लोरबाट ओपनर आरोन फिन्च २०, एबी डी भिलियर्सले २८, वासिङ्टन सुन्दरले ३२ र दुबेले १२ रन बनाए । पञ्जाब पहिलो खेलमा दिल्लीसँग सुपर ओभरमा पराजित भएको थियो । बेङलोरले पहिलो खेलमा सनराइजर्स हैदराबादलाई पराजित गरेको थियो ।

    लेखकबाट थप:

    • उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै
    • बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)
    • नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    • आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै
    • सुन ताेलामा ४८ सयले घट्याे

    शुक्रबार, असोज ०९, २०७७ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    कास्की अन्तरविद्यालय स्क्राबल च्याम्पियनसिप सम्पन्न : ८ खेलाडी राष्ट्रिय प्रतियोगिताका लागि छनोट
    प्रदेश साइक्लिङ्ग संघमा गोरखा गुरुङ र थापा उपाध्यक्ष र सदस्यमा निर्वाचित
    विश्वकप फुटवल : १६ वर्षपछि स्पेनकाे पाेल्टामा उपाधि
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै

    • २. बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)

    • ३. नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ४. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै

    • ५. सुन ताेलामा ४८ सयले घट्याे

    • ६. आज कुशे औँसी

    • ७. नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.