×
शनिबार, भदौ २७, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै
  • २ घण्टा अघि

बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)
  • ३ घण्टा अघि

नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ३ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै
  • ३ घण्टा अघि

सुन ताेलामा ४८ सयले घट्याे
  • २३ घण्टा अघि

आज कुशे औँसी
  • १ दिन अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १ दिन अघि

चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
  • १ दिन अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना
  • १ दिन अघि

विश्वलाई आईपीएल देखाउने टिममा सुदूरपश्चिमका हर्कबहादुर

  •  गोरखा समाचार
  • बुधबार, असोज ०७, २०७७ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    शनिबारदेखि इण्डियन प्रिमियर लिग (आईपीएल) को १३ औँ संस्करण सुरु भएको छ । खेल सुरु भएसँगै विश्वभर यसको रौनकता बढिरहेको छ । सेप्टेम्बर १९ देखि सुरु भएको यस पटकको आईपीएल संयुक्त अरब इमिरेट्स (यूएई) का तीन शहर शारजाह, आबुधाबी तथा दुबईमा कोरोना महामारीका कारण दर्शकको उपस्थिति विना भइरहेको छ । आईपीएल नोभेम्बर १० सम्म चल्ने छ ।

    यही आईपीएलका लागि यूएईमा हुनुहुन्छ, सुदूरपश्चिमको डडेल्धुराका हर्कबहादुर कैनी (हरि) । डडेल्धुरामा जन्मिनुभएका हरि कैनीले हामीले टेलिभिजनमा हेर्ने खेललाई आकर्षक बनाएर देखाउनुहुन्छ । हरेक रोमाञ्चक दृश्यहरुलाई दर्शक सामु पुर्‍याउने प्राविधिक टोलीमा कार्यरत उहाँ एक भिजन इन्जिनियर हुनुहुन्छ । उहाँले कन्ट्रोल रुममा बसेर क्यामेरा कन्ट्रोल गर्नुका साथै क्यामेराको कलर म्याचिङको काम गर्नुहुन्छ ।

    यस वर्षको आईपीएलमा उहाँ यही काम गरिरहनुभएको छ । उहाँले युएईबाट आईपीएलको प्रत्यक्ष प्रसारण गरिरहनुभएको छ । उहाँले आइतबार आईपीएलको दोस्रो खेल क्यापिटल्स र किङ्ग्स ११ पञ्जाबबीचको प्रत्यक्ष प्रसारण गर्नुभएको थियो ।

    त्यसो त उहाँले यसरी काम गरेको पहिलो पटक हैन । उहाँसँग विगतमा विश्वकप क्रिकेट, आईपीएल, विश्वकप कबड्डी, बहुचर्चित आईफा अवार्डलगायतका विभिन्न इभेन्ट्सको प्रत्यक्ष प्रसारण गरेको अनुभव छ । यही अनुभवका कारण यस पटक पनि डडेल्धुराबाट उहाँलाई दुबई बोलाइएको थियो ।

    आईपीएलका लागि भनेर १ सेप्टेम्बरमा उहाँ डडेल्धुराबाट दिल्ली जानुभएको थियो । त्यसपछि दिल्लीबाट ७ सेप्टेम्बरमा उहाँ दुबई पुग्नुभएको थियो । ताज होटलमा क्वरेण्टीनमा बसेपछि उहाँको काम सुरु भयो । जसअनुसार १५ सेप्टेम्बरदेखि १९ सेप्टेम्बरसम्म उहाँले सेटअपको काम सक्नुभयो । सेटअपको काम सकेर आइतबारबाट यूएईको अन्तर्राष्ट्रिय मैदानको पर्दा पछाडि बसेर उहाँले काम गर्नुभयो । केही समयअघि मात्रै भारतको रन्जी ट्रफी र जनवरीमा फिलिपिन्समा भएको ‘सिगेम’ मा समेत हरी पुग्नुभएको थियो ।

    डडेल्धुराको अमरगढी नगरपालिका ७ मा २०३३ सालमा जन्मिनुभएका उहाँले स्थानीय उग्रतारा माविबाट २०५२ सालमा एसएलसी उत्तीर्ण गर्नुभएको थियो । त्यसपछि २०५६ मा उहाँ भारतको मुम्बई जानुभएको थियो । मध्यम वर्गीय परिवारमा जन्मिनुभएका हरिको उच्च शिक्षा अध्ययनपछि विवाह गर्ने योजना भए पनि बुवाले २०५३ मङ्सिर १० गते विवाह गरिदिनुभएको थियो ।

    अभावै अभावमा बाँच्नु भएका उहाँ विवाह गर्दा लागेको ऋण तिर्न सपनाको शहर मुम्बईतिर जानुभएको थियो । ‘बुवाले रहर गरेर मेरो विवाह गरिदिए तर त्यही महिना बुवाको अचानक निधन भयो’, उहाँले भन्नुभयोे, ‘अनि घरमा लागेको ऋण तिर्न भारत गएको थिए ।’

    मुम्बईमा उहाँले सोचेजस्तो सहज थिएन काम पाउन । तर कामलाई सम्मान गर्ने हरीले मुम्बईको एक निजी कार्यालयमा काम पाउनुभयो । काम थियो चिया पकाउने र क्याबिनसम्म पुर्‍याउने । ‘पकाएको भाडा र गिलासहरु सफा पनि गर्थेँ’, उहाँले विगत सम्झिँदै भन्नुभयो । त्यसपछि उहाँले स–साना शुटिङ गर्ने कम्पनीसँग जोडिने अवसर पाउनुभयो । अनि चिया पकाउने काम छोडेर नयाँ कामतिर लाग्नुभयो तर विना तलब काम सिक्न पाउने शर्तमा ।

    ‘त्यतिबेला जब पाँच महिनासम्म राम्रो काम सिकेँ, त्यसपछि बल्ल कम्पनीको तलब सुरु भयो’, उहाँले भन्नुभयो, ‘काम चाहिँ प्राविधिक रुपमा सहयोग गर्नुपर्ने, इक्युपमेन्टहरु मिलाउने ।’ त्यही अवधिमा अडियो–भिडियोको दुई वर्षीय अफलाइन कोर्स उत्तीर्ण गरेको हरीले सुनाउनुभयो ।

    त्यसपछि सुरु भए उहाँका राम्रा दिन । सन् २००३ पछि भारतभित्र मात्र हैन विदेश जाने अवसर पनि हरिले पाउनुभयाे । उहाँले भन्नुभयो, ‘विभिन्न इभेन्टहरुलाई प्रत्यक्ष प्रसारण गर्ने क्रममा इङ्ग्ल्याण्ड, मलेसिया, सिङ्गापुर, मकाउ, श्रीलङ्का, बङ्गलादेश, दुबई, दक्षिण अफ्रिका, वेस्ट इण्डिज, क्यानडा जस्ता थुप्रै देश पुगिसकेको छु ।’ उहाँ २०१८ र २०१९ को आईपीएलको प्रत्यक्ष प्रसारणको टोलीमा सदस्य हुनुहुन्थ्यो ।

    अहिले विश्वभरका करोडौँ क्रिकेटप्रेमीहरु आईपीएल हेरिरहेका छन् । खेल खेल्ने खेलाडीलाई त सबैले चिन्छन् तर त्यही खेल टेलिभिजनको पर्दासम्म पुर्‍याउने टिममा सुदूरका छोरा हरिसँग धेरै कम परिचित छन् । नेप ब्रोडकास्ट सिङ्गापुर नामक कम्पनीमा रहेर काम गरिरहनुभएका उहाँ आफ्नो कामबाट सन्तुष्ट भएको बताउनुहुन्छ । तर सधैँजसो इभेन्ट्स नहुने हुँदा खालीसमेत बस्नुपर्ने उहाँले बताउनुभयो । ‘काम भए ठिकै हो नत्र खाली समयमा केही पाइँदैन, खाली घरमा बस्नुपर्छ’, उहाँ भन्नुहुन्छ, ‘तर ६ महिना काम पाए सालभरिलाई खान/लाउन पुग्छ ।’ आईपीएल सकिएलगत्तै फेरि डडेल्धुरा आउने योजना रहेको हरि कैनीले बताउनुभयो ।

    लेखकबाट थप:

    • उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै
    • बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)
    • नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    • आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै
    • सुन ताेलामा ४८ सयले घट्याे

    बुधबार, असोज ०७, २०७७ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    कास्की अन्तरविद्यालय स्क्राबल च्याम्पियनसिप सम्पन्न : ८ खेलाडी राष्ट्रिय प्रतियोगिताका लागि छनोट
    प्रदेश साइक्लिङ्ग संघमा गोरखा गुरुङ र थापा उपाध्यक्ष र सदस्यमा निर्वाचित
    विश्वकप फुटवल : १६ वर्षपछि स्पेनकाे पाेल्टामा उपाधि
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै

    • २. बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)

    • ३. नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ४. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै

    • ५. सुन ताेलामा ४८ सयले घट्याे

    • ६. आज कुशे औँसी

    • ७. नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.