×
शनिबार, भदौ २७, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै
  • ५६ मिनेट अघि

बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)
  • २ घण्टा अघि

नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • २ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै
  • ३ घण्टा अघि

सुन ताेलामा ४८ सयले घट्याे
  • २३ घण्टा अघि

आज कुशे औँसी
  • १ दिन अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १ दिन अघि

चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
  • १ दिन अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना
  • १ दिन अघि

लिभरपुलको सुखद सुरुआत

  •  गोरखा समाचार
  • सोमबार, भदौ २९, २०७७ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    मोहमद सलाहले ह्याट्रिक गरेको खेलमा साबिक विजेता लिभरपुलले प्रिमियर लिग फुटबलमा सुखद सुरुआत गरेको छ। घरेलु मैदानमा शनिबार राति भएको लिगको आफ्नो पहिलो खेलमा लिभरपुलले नवप्रवेशी टोली लिड्स युनाइटेडलाई ४–३ गोलले हरायो।

    लिभरपुलको जितमा सलाहको ह्याट्रिकसँगै भर्जिल भान डिकले एक गोल गरे। लिड्सका लागि ज्याक ह्यारिसन, प्याट्रिक वामफोर्ड र माचेज क्लिचले गोल गरेका थिए। रोचक खेलमा लिभरपुलले पेनाल्टी गोलमार्फत खाता खोलेको थियो। चौथो मिनेटमा सलाहको प्रहारलाई डीबक्सभित्र लिड्सका रोबिन कक्कोले ह्यान्ड गरेपछि पाएको पेनाल्टीलाई सलाहले सदुपयोग गरेका थिए।

    त्यसपछि १२औं मिनेटमा लिड्सका ह्यारिसनले गोल गर्दै खेललाई बराबरीमा ल्याएका थिए। दुवै टोली आक्रामक रूपमा प्रस्तुत भएको खेलको २०औं मिनेटमा भान डाइकले गोल गर्दै लिभरपुललाई पुनः अग्रता दिलाएका थिए। भान्डाइकले एन्ड्रयु रोबर्टसनको कर्नर पासमा हेड गोल गरेका थिए। ३०औं मिनेटमा भान डाइकले बचाउन नसकेको बलमा लिड्सका प्याट्रिक वामफोर्डले गोल गर्दै खेललाई बराबरीमा ल्याएका थिए। खेलको ३३औं मिनेटमा सलाहले रिबाउन्ड बलमा उत्कृष्ट गोल गर्दै टोलीलाई अगाडि बढाएका थिए।

    पहिलो हाफमा पछि परेको लिड्सले दोस्रो हाफको पुनः खेललाई बराबरीमा ल्याएको थियो। ६६औं मिनेटमा माचेज क्लिचले हेल्डर कोस्टाको पासमा बराबरी गोल गर्दै लिड्सको उत्साह जगाएका थिए। त्यसपछि ८७औं मिनेटमा लिभपुलले पेनाल्टीमार्फत निर्णायक गोल गरेको थियो। लिड्सका रोड्रिगो मोरेनोले डीबक्सभित्र फाबिन्होलाई लडाएपछि प्राप्त पेनाल्टीमा सलाहले गोल गर्दै ह्याट्रिक पूरा गरेका थिए।

    सलाह यस सिजनको प्रिमियर लिगमा पहिलो ह्याट्रिक गर्ने खेलाडी पनि बने। १६ वर्षपछि प्रिमियर लिगमा बढुवा भएको लिड्सले लिभरपुललाई खेलको अन्तिमसम्म कडा टक्कर दिए पनि हार टार्न भने सकेन। पहिलो जितसँगै तीन अंक बनाएको लिभरपुल गोल अन्तरका आधारमा तेस्रो स्थानमा छ। समान तीन अंक बनाएको आर्सनल शीर्ष र न्युक्यासल युनाइटेड दोस्रो स्थानमा छ।

    शनिबार साँझ भएको खेलमा आर्सनलले फुलहामलाई उसकै मैदानमा ३–० गोलले हरायो। एकपक्षीय खेलमा आर्सनललाई जिताउन अलेक्सान्द्रे लाकाजेट्टीले चौथो, ग्याब्रियलले ४९औं र कप्तान पिर्रे इमरिक ओवामियाङले ५७औं मिनेटमा गोल गरेका थिए।

    अर्को खेलमा न्युक्यासलले वेस्टहाम युनाइटेडलाई उसैको मैदानमा २–० गोलले हरायो। न्युक्यासलको जितमा कलुम विल्सनले ५६औं र जेफ हेन्ड्रिकले ८७औं मिनेटमा गोल गरेका थिए। अर्को खेलमा क्रिस्टल प्यालेसले साउथह्याम्पटनलाई १–० गोलले स्तब्ध बनायो। क्रिस्टलको कठिन जितमा विलफाइड जाहाले गोल गरेका। जाहाले १३औं मिनेटमा गरेको गोल नै टोलीका लागि पर्याप्त बनेको थियो।

    लेखकबाट थप:

    • उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै
    • बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)
    • नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    • आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै
    • सुन ताेलामा ४८ सयले घट्याे

    सोमबार, भदौ २९, २०७७ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    कास्की अन्तरविद्यालय स्क्राबल च्याम्पियनसिप सम्पन्न : ८ खेलाडी राष्ट्रिय प्रतियोगिताका लागि छनोट
    प्रदेश साइक्लिङ्ग संघमा गोरखा गुरुङ र थापा उपाध्यक्ष र सदस्यमा निर्वाचित
    विश्वकप फुटवल : १६ वर्षपछि स्पेनकाे पाेल्टामा उपाधि
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै

    • २. बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)

    • ३. नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ४. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै

    • ५. सुन ताेलामा ४८ सयले घट्याे

    • ६. आज कुशे औँसी

    • ७. नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.