×
शनिबार, भदौ २७, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै
  • ५७ मिनेट अघि

बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)
  • २ घण्टा अघि

नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • २ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै
  • ३ घण्टा अघि

सुन ताेलामा ४८ सयले घट्याे
  • २३ घण्टा अघि

आज कुशे औँसी
  • १ दिन अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १ दिन अघि

चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
  • १ दिन अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना
  • १ दिन अघि

ओसाका यूएस ओपन टेनिसको फाइनलमा

  •  गोरखा समाचार
  • शनिबार, भदौ २७, २०७७ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    जापानकी चौथो वरीयताकी नाओमी ओसाका र बेलारुसकी भिक्टोरिया अजारेन्का अमेरिकन (यूएस) ओपन टेनिसको फाइनलमा प्रवेश गरेका छन्। न्युयोर्कमा शुक्रबार बिहान भएको सेमिफाइनल खेलमा ओसाकाले अमेरिकी खेलाडी जेनिफर ब्राडीलाई र अजारेन्काले पनि अमेरिकी टेनिस स्टार सेरेना विलियम्सलाई पराजित गर्दै उपाधि भिडन्त पक्का गरेका हुन्।

    सन् २०१८ की विजेता ओसाकाले ब्राडीलाई ७–६ (७–१), ३–६, ६–३ को सेटमा पाखा लगाइन्। ओसाका यूएस ओपन टेनिसको उपाधि जित्ने अभियानमा छिन्। दुई साताअघि सिनसिनाटी ओपन टेनिस प्रतियोगिताको सेमिफाइनलमा खुट्टामा चोट लागेपछि ओसाकाले यूएस ओपन खेल्नेमा आशंका गरिए पनि उनले उत्कृष्ट प्रदर्शन गर्दै आइरहेकी छन्। सिनसिनाटी ओपनको सेमिफाइनलमा बेलायती टेनिस स्टार जोहाना कोन्टासँग प्रतिस्पर्धा गर्दा चोट लागेपछि उनले फाइनल खेल त्यागेकी थिइन्। ओसाकाले चोटका कारण नाम फिर्ता लिएपछि अजारेन्काले उपाधि जितेकी थिइन्। ओसाका सिनसिनाटीको बदला यूएस ओपनमा लिने अभियानमा छिन्। २२ वर्षीया ओसाकाले फाइनलमा पुरानै प्रतिद्वन्द्वी परेकाले पनि थप उत्साहित भएको बताएकी छन्। ओसाकाले क्वार्टरफाइनलमा अमेरिकी खेलाडी सेल्बी रोजर्सलाई पराजित गर्दै अन्तिम चारमा स्थान बनाएकी थिइन्।

    शुक्रबार बिहानै भएको अर्को सेमिफाइनल खेलमा अजारेन्काले तेस्रो वरीयताकी अमेरिकी भेट्रान्स खेलाडी सेरेना विलियम्सलाई १–६, ६–३, ६–३ ले पराजित गर्दै उपाधि भिडन्त पक्का गरेकी हुन्। पहिलो सेट जितेकी सेरेनाले दोस्रो सेटपछि लय गुमाएकी थिइन्।

    यस हारसँगै ३८ वर्षीया सेरेनाको कीर्तिमानी २४औं ग्रान्डस्लाम उपाधि जित्ने अभियानमा पनि नराम्रो धक्का लागेको छ। उनी यूएस ओपनको उपाधि जित्दै मार्गरेट कोर्टको कीर्तिमानसँग बराबरी गर्ने अभियानमा थिइन्। ६ पटककी च्याम्पियन सेरेनाले पछिल्लोपटक सन् २०१४ मा यूएस ओपन टेनिसको उपाधि जितेकी थिइन्।

    अजरेन्काले यसअघि सन् २०१२ र २०१३ को यूएस ओपन टेनिसको फाइनलमा स्थान बनाएकी थिइन्। उनी दुवैपटक फाइनलमा सेरेनासँग नै पराजित भएकी थिइन्। अजारेन्का र सेरेनाले ठूला प्रतियोगितामा सदैव प्रतिस्पर्धा गर्दै आएका छन्। सन् २०१५ को विम्बल्डन टेनिसको क्वार्टरफाइनलपछि उनीहरू पहिलोपटक आमनेसामने भएका थिए। सेरेना र अजारेन्का निकै मिल्ने साथी हुन्। दुवै मातृ वात्सल्यमा रमाइरहेका छन्। सेरेना छोरी ओलम्पियालाई लिएरै मैदानमा पुगिरहेकी हुन्छिन् भने अजारेन्काले पनि छोरालाई जेल जानबाट बचाउन लामो लडाइँ लडेकी थिइन्।

    लेखकबाट थप:

    • उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै
    • बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)
    • नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    • आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै
    • सुन ताेलामा ४८ सयले घट्याे

    शनिबार, भदौ २७, २०७७ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    कास्की अन्तरविद्यालय स्क्राबल च्याम्पियनसिप सम्पन्न : ८ खेलाडी राष्ट्रिय प्रतियोगिताका लागि छनोट
    प्रदेश साइक्लिङ्ग संघमा गोरखा गुरुङ र थापा उपाध्यक्ष र सदस्यमा निर्वाचित
    विश्वकप फुटवल : १६ वर्षपछि स्पेनकाे पाेल्टामा उपाधि
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै

    • २. बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)

    • ३. नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ४. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै

    • ५. सुन ताेलामा ४८ सयले घट्याे

    • ६. आज कुशे औँसी

    • ७. नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.