फ्रान्सका फरवार्ड केलियन एम्बाप्पेलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । फ्रेन्च फुटबल फेडेरेसनकाे अनुसार सोमबार गरिएको परीक्षणमामा एम्बाप्पेलाई कोरोना पोजेटिभ देखिएको हाे ।
कोरोना पोजेटिभ देखिएपछि उनी फ्रान्स फर्किएका छन् । उनमा कोरोना पोजेटिभ देखिए पनि लक्षण भने नदेखिएको बताइएको छ ।
एम्बाप्पेमा कोरोना पुष्टि भएसँगै अब नेसन्स लिगका बाँकी खेल गुमाउने भएका छन् । उनले यसअघि शनिबार स्वीडेनविरुद्धको खेलमा निर्णायक गोल गरेर फ्रान्सलाई जिताएका थिए ।
फ्रान्सले भाेलि मंगलबार पेरिसमा घरको खेलमा यूईएफए नेसन्स लिग अन्तर्गत क्रोएशिया बिरुद्ध खेल्दै छ ।




















