×
शनिबार, भदौ २७, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै
  • ५६ मिनेट अघि

बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)
  • २ घण्टा अघि

नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • २ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै
  • ३ घण्टा अघि

सुन ताेलामा ४८ सयले घट्याे
  • २३ घण्टा अघि

आज कुशे औँसी
  • १ दिन अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १ दिन अघि

चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
  • १ दिन अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना
  • १ दिन अघि

भर्चुअल तेक्वान्दोमा मूलपानी डोजाङलाई दुई स्वर्ण

  •  गोरखा समाचार
  • आइतबार, भदौ १४, २०७७ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    मूलपानी तेक्वान्दो डोजाङले प्रथम काठमाडौं भर्चुअल राष्ट्रिय खुला तेक्वान्दो (पुम्से) प्रतियोगितामा २ स्वर्ण जितेको छ । काठमाडौं जिल्ला तेक्वान्दो संघद्वारा आयोजित प्रतियोगिताको पहिलो दिन ६ स्पर्धाको नतिजा आउँदा मूलपानीले २ स्वर्ण जितेको हो ।

    स्वर्ण विजेता मूलपानीका भिजन तामाङ (बायाँ) अध्यक्ष अशोक खड्काका साथमा । यसबाहेक मूलपानीले ३ रजत र २ कांस्य पनि हात पार्यो । बीजेश्वरी आवासीय मावि, कैलाली, रुपन्देही र चितवनले समान १–१ स्वर्ण जितेको आयोजक संघका अध्यक्ष अशोक खड्काले जनाएका छन् ।

    यू–१२ पुरुष एकलमा मूलपानीका भिजन तामाङ पहिलो भए । उनले ६.३३ अंक जोडे । काभ्रेस्थलीका मिराज केसी (६.२३) दोस्रो तथा मूलपानीका रोनिश नगरकोटी (६.१३) र मूलपानीकै ईश्वर पराजुली (६.०३) तेस्रो भए । सोही स्पर्धाको महिलामा बीजेश्वरीकी पूर्णिमा बस्नेतले स्वर्ण जितिन् । उनले ६.९३ अंक जोडिन् । मूलपानीकी मेलिना राई (६.५०) ले रजत तथा गोदावरी फिट्नेसकी सर्गम थापा (६.३०) र काभ्रेस्थलीकी सुस्मिता कार्की (६.२०) ले कांस्य हात पारे ।

    यू–१५ पुरुष एकलमा कैलालीका अमनकुमार कठारिया ६.२६ अंकसहित शीर्ष स्थानमा रहे । मूलपानीका आयुष ढुंगेल (६.१४) द्वितीय तथा सैनिक महाविद्यालयका सुजन श्रेष्ठ (६.१३) र चन्द्रसूर्यका योग्य राई (६.०६) तृतीय बने । त्यसै स्पर्धाको महिलामा चितवनकी आँचल बाज्पईं पहिलो भइन् । आँचलले ६.४६ अंक प्राप्त गरिन् । ६.३३ अंकसाथ मूलपानीकी प्रगति कुइँकेल दोस्रो भइन् । बीजेश्वरीकी प्राप्ति पुन (६.१६) तथा काभ्रेस्थलीकी विनिशा खड्गी (६.१०) ले तेस्रो स्थान हासिल गरे ।

    पुरुष ३१–४० वर्ष उमेरसमूहको एकलमा रुपन्देहीका सुरज श्रेष्ठ पहिलो भए । उनले ५.९३ अंक जोडे । मैत्रीका रामचन्द्र व्यञ्जनकार (५.६६) दोस्रो तथा बागलुङका नन्द विष्ट (५.५६) र योन्सुफका दुर्गामान तामाङ (५.३६) तेस्रो भए । उक्त स्पर्धाको महिलामा मूलपानीकी तृप्ति बुढाथोकीले डाइनामिककी जानकी तामाङलाई पछि पार्दै स्वर्ण चुमिन् । तृप्तिले ५.४३ तथा जानकीले ५.१६ अंक जोडे ।

    दुईदिने प्रतियोगितामा १९ टिमका १ सय ७० खेलाडीको सहभागिता रहेको खड्काले जनाएका छन् । पुरुषमा ६ र महिलामा ५ गरी ११ स्पर्धा समावेश छन् । दोस्रो तथा अन्तिम दिन बाँकी ५ स्वर्णको टुंगो लाग्नेछ । अध्यक्ष खड्कासहित मीन न्यौपाने, हीराबहादुर थापा, नोर्बु लामा र विक्रम खड्गीले प्रतियोगितामा निर्णायकको भूमिका निर्वाह गरिरहेका छन् ।

    लेखकबाट थप:

    • उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै
    • बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)
    • नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    • आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै
    • सुन ताेलामा ४८ सयले घट्याे

    आइतबार, भदौ १४, २०७७ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    कास्की अन्तरविद्यालय स्क्राबल च्याम्पियनसिप सम्पन्न : ८ खेलाडी राष्ट्रिय प्रतियोगिताका लागि छनोट
    प्रदेश साइक्लिङ्ग संघमा गोरखा गुरुङ र थापा उपाध्यक्ष र सदस्यमा निर्वाचित
    विश्वकप फुटवल : १६ वर्षपछि स्पेनकाे पाेल्टामा उपाधि
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै

    • २. बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)

    • ३. नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ४. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै

    • ५. सुन ताेलामा ४८ सयले घट्याे

    • ६. आज कुशे औँसी

    • ७. नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.