मेम्फिस डिपेको ह्याट्रिकमा लियोनले फ्रेन्च लिग वानमा शुक्रबार विजयी सुरुवात गरेको छ । उसले डिजोनलाई ४–१ ले हराएको छ । नयाँ फ्रान्सेली सिजन सुरु भएयता डिपेले गरेको ह्याट्रिकमा दुई गोल पेनाल्टीमा भएको थियो ।
लियोनले गत सिजन घरेलु लिगको सातौं स्थानमा रहेर निराशाजनक प्रदर्शन गरे पनि युरोपेली च्याम्पियन्स लिगमा भने सेमिफाइलन पुग्न सफल रहेको थियो ।
सिजनको त्यस सुरुवाति खेलमा लियोनका लागि मिडफिल्डर हुसेम एउरले भने खेलेनन् । खेलको अघिल्लो दिन मात्र उनी कोभिड-१९ बाट संक्रमित भएको पुष्टि भएको थियो ।




















