×
शनिबार, भदौ २७, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै
  • ४ मिनेट अघि

बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)
  • ५८ मिनेट अघि

नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै
  • २ घण्टा अघि

सुन ताेलामा ४८ सयले घट्याे
  • २२ घण्टा अघि

आज कुशे औँसी
  • १ दिन अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १ दिन अघि

चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
  • १ दिन अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना
  • १ दिन अघि

पिङपोङ डिप्लोमेसीको ‘रिहर्सल’

  •  गोरखा समाचार
  • आइतबार, साउन ३२, २०७७ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    पिङपोङ अर्थात् टेबलटेनिस । जति यो टेबलटेनिस खेल लोकप्रिय छ, उत्तिकै सुन्न पाइने शब्द हो– पिङपोङ । विश्व कूटनीतिमा सामान्य रुचि राख्नेका लागि पनि यो शब्द उत्तिकै प्रिय छ किनभने सन् ७० तिर विश्व राजनीतिमा यो सबैको मुखमा झुन्डिएको थियो । त्यतिबेला चीन र अमेरिकाबीचको सम्बन्ध सुधार्न दुई देशबीच टेबलटेनिस खेलाडी आदानप्रदान गरिएको थियो । यसलाई दुई देशबीचको सम्बन्धमा निर्णायक मोड मानिन्छ ।

    पछि यही कारणले चीनमा अमेरिकी राष्ट्रपति रिचर्ड निक्सनको बहुचर्चित भ्रमण पनि सम्भव भएको थियो । पिङपोङ कूटनीति यति चर्चित हुनुअगाडि नै चीनले नेपालसँगको सम्बन्ध बलियो बनाउन टेबलटेनिसलाई माध्यम बनाइसकेको थियो । नेपालमा सर्वाधिक लोकप्रिय र पुरानो इतिहास भएको खेलमध्ये एक मानिन्छ, टेबलटेनिस । यसको इतिहास उत्तिकै समृद्ध पनि छ । राष्ट्रिय खेलकुद परिषद्मा दर्ता भएका खेलमध्ये टेबलटेनिस तेस्रो स्थानमा आउँछ, क्रिकेट र एथलेटिक्सपछि ।

    एक समय टेबलटेनिस काठमाडौंका घरघरमा, टोलटोलमा खेल्ने दिन पनि थियो । यो पनि सन् ७० तिरकै कुरा हो । त्यतिबेला नेपाली टेबलटेनिस खेलाडी सानले विदेश भ्रमणमा निस्कन्थे र ठुल्ठूला अन्तर्राष्ट्रिय प्रतियोगिता पनि खेल्थे । नेपाली खेलाडी चीनबाटै विदेशको प्रतियोगिता खेल्न निस्किन्थे । चीनले नेपाली खेलाडी भनेपछि खुबै माया गर्थ्यो । खेलाडीलाई चीनमै झिकाएर लामो समय प्रशिक्षण मात्रै गराउँदैनथ्यो, आफ्नै खर्चमा ती खेलाडीलाई अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता पनि गराउँथ्यो ।

    ती दिन सम्झँदा नेपाली टेबलटेनिसका पहिलो प्रशिक्षक आरआर जोशी दंग पर्छन् र यसबारे पूरा घटना सुनाउँदा खुसी हुन्छन् । उनलाई सबैले अहिले पनि आरआर गुरु भन्छन् । ती सायद नेपाली टेबलटेनिसका स्वर्णिम दिन थिए । अखिल नेपाल टेबलटेनिस संघका अहिलेका अध्यक्ष चतुरानन्द राजवैद्यलाई पनि ती दिनको हल्का सम्झना छ । आरआर गुरु र यी अध्यक्ष वैद्य के मान्छन् भने त्यतिबेला नेपाली टेबलटेनिस खेलाडीलाई सहयोग गर्न पाउँदा चीन अझ दंग हुन्थ्यो । धेरैभन्दा धेरै नेपाली खेलाडीले त्यतिबेला चीनको भ्रमण गरे र टेबलटेनिस सिके । यसक्रममा ठुल्ठूला अन्तर्राष्ट्रिय प्रतियोगितामा पनि सहभागिता जनाए । त्यति मात्र होइन, चीनले नियमित रूपमा आफ्नो प्रशिक्षकलाई नेपाल पठाएर टेबलटेनिस सिकाउने काम गर्‍यो । नेपाली खेलाडी चीन जाँदा चिनियाँ उच्च राजनीतिक नेता नै भेट्न आउँथे । त्यो समय चीनमा सांस्कृतिक क्रान्ति सकिएर देश आफैं रूपान्तर हुने क्रममा थियो । नेपाली टेबलटेनिस खेलाडीको एउटा यस्तै टोली २०२१ सालमा चीन पुगेको थियो । त्यसमा पहिलो पुस्ताका दुई खेलाडी थिए, ईश्वरी राणा र जीपी लोहनी । त्यतिबेला उनीहरूसँग तस्बिर खिच्न अगाडि आउनेमा तत्कालीन चिनियाँ प्रधानमन्त्री चाउ एन–लाई पनि थिए । नेपाली टेबलटेनिस इतिहासमा यो खुबै चर्चित तस्बिर हो । यस्ता अन्य धेरै तस्बिर छन् ।

    ठ्याक्कै ५० वर्षअगाडि एउटा यस्तै सम्झनलायक भ्रमण भएको थियो । यसको पृष्ठभूमि भने यसरी तयार हुन्छ । सन् १९६९ मा चीन र तत्कालीन सोभियत संघबीच युद्ध चलेको थियो । यस्तोमा चीनलाई लाग्यो, अब आफूले अमेरिकासँग सम्बन्ध बढाउनुपर्ने हुन्छ । तर त्यतिबेला चीन र अमेरिकाको राम्रो सम्बन्ध थिएन, अमेरिकाले चीनलाई औपचारिक रूपमा मान्यता पनि दिएको थिएन । त्यसैले चीनले सोच्यो, अमेरिकासँग सम्बन्ध बढाउने एक मात्र माध्यम खेलकुद हुन सक्छ, त्यो पनि टेबलटेनिस । यसबारे नेकपा नेता एवं परराष्ट्र मामिला जानकार मिलनराज तुलाधरले अध्ययन गरेका छन् । उनी भन्छन्, ‘त्यसको गृहकार्यका रूपमा केही उच्च चिनियाँ राजनीतिज्ञसहित टेबलटेनिस टिम नेपाल आएको थियो ।’ चिनियाँ टोलीमा सम्मिलित मन्त्रीस्तरका पूर्वखेलाडी थिए, सु इङ–सङ । उनले त्यो बेला नेपालका लगभग सबै राजनीतिक नेतालाई भेटे र पिङपोङ कूटनीति कस्तो हुनुपर्छ भन्ने खाका तयार पारे । पछि त्यसैमा टेकेर अमेरिकी राष्ट्रपति निक्सनले चीनको भ्रमण गरेका थिए ।

    कूटनीतिविज्ञ तुलाधरका अनुसार यो नीति तयार पार्न सबैभन्दा ठूलो भूमिका तिनै प्रधानमन्त्री चाउ एन–लाईले खेलेका थिए । सन् १९७२ मा निक्सन चीन गएका थिए । त्यसको दुई वर्षअगाडि गृहकार्यका रूपमा चिनियाँ टोली नेपाल आएको थियो । फेरि त्यसअगाडि चीनले कुनै प्रकारको अन्तर्राष्ट्रिय प्रतियोगिता पनि खेलिरहेको थिएन, भर्खरजस्तो सांस्कृतिक क्रान्ति सकिएको थियो । नेपाल आएको चिनियाँ टोलीले दुई वर्षपछि जापानको नोगायामा भएको विश्व टेबलटेनिस च्याम्पियनसिप पनि खेल्यो ।

    तत्कालीन राजा महेन्द्रको जन्मदिनको अवसर पारेर भ्रमण भएको थियो । चीनले त्यसैलाई भनेर त्यो समयका तीनपल्टका विश्व च्याम्पियन चुयाङ चेतोङ सम्मिलित टेबलटेनिस खेलाडीको समूहलाई काठमाडौं पठाएको थियो । तिनले सभागृहमा नेपाली खेलाडीसँग मैत्रीपूर्ण खेल खेलेका थिए । नेपाल आएका चर्चित र सफल खेलाडीमध्ये चेतोङको नाम सबैभन्दा अगाडि आउँछ । उनलाई चीनको पहिलो पुस्ताका सफल खेलाडी मानिन्छ ।

    त्यतिबेला काठमाडौंमा सबैभन्दा ठूलो सभा गर्न लायक भवन भनेकै सभागृह मात्र थियो, त्यो भर्खरै बनेको थियो । त्यसकै मञ्चमा खेल भएको थियो । खेल हेर्न दर्शकदीर्घा भरिभराउ थियो । विश्व टेबलटेनिसमा चिनियाँ वर्चस्व सुरु हुँदाका खेलाडी थिए, चेतोङ । उनीसँग काठमाडौं आइपुगेका अन्य नामी खेलाडीमा झु यिनसेङ, सी एनतिङ, लिन ह्वेछिङ, लीली र अरू थिए । तिनीहरू एक साताजति नेपालमा रहे ।

    पूरा काठमाडौं घुमे र भ्रमणको मस्त मज्जा लुटे । काठमाडौं आफैं पनि खुबै खुसी थियो, त्यो अवसरलाई लिएर । तिनले पनि नेपालका ठुल्ठूला राजनेतासँग भेट्ने अवसर पाए । राजा महेन्द्रको पनि तिनीहरूसँग भेटघाट भएको थियो । तुलाधर चिनियाँ भाषाका जानकार थिए र उनले चिनियाँ खेलाडीसँग पनि कुराकानी गर्ने अवसर पाएका थिए । उनकै अनुभवमा त्यतिबेला चिनियाँ खेलाडी खुबै खुसी भएका थिए । यो त्यही अवसर हो, जतिबेला कम्तीमा काठमाडौंमा टेबलटेनिसको लोकप्रियता शिखरमा पुगेको थियो ।

    त्यो भ्रमणको एक खेल भने खुबै चर्चित छ नेपाली खेलकुद वृत्तमा । विशेषतः टेबलटेनिसका पुरानो पुस्ताका प्रशंसकबीच । चेतोङको एक खेल कल्याण पाण्डेविरुद्ध पनि थियो । तीन सेटको खेल थियो । त्यसमध्ये एक सेटमा कल्याण विजयी भए र स्कोर थियो– २२–२० । कल्याणले त्यो सेट के जिते, पूरा सभागृहमा तहल्का मच्चिएको थियो । भनिन्छ, यसबारे पूरा टेबलटेनिसमै पनि पछिसम्म चर्चा हुने गरेको थियो । यो सेट कल्याणले कसरी जिते, त्यसबारे अहिले पनि थरीथरीका कुरा सुन्न पाइन्छ, जति मुख उति कुरा ।

    केही भन्छन्, कल्याणले त्यसमा बेजोड खेलेका थिए, त्यसैले जिते । केही भन्छन्, एक सेट गुमाउने चिनियाँ रणनीति नै थियो अथवा भनौं, पिङपोङ कूटनीति । जेहोस्, खेल भने चिनियाँ खेलाडीकै पक्षमा रह्यो तर कल्याण मात्र होइन, नेपाली खेलकुदले नै त्यस अवसरलाई सम्झिरहनेछ ।

    नेपाली टेबलटेनिसका पुराना पुस्ताका खेलाडी त्यो बेलाको अर्को घटना पनि दोहोर्‍याएर सम्झने गर्छन् । त्यसअनुसार चीन सन् ७० तिर विश्व टेबलटेनिसमा महाशक्तिका रूपमा उदय हुने क्रममा थियो । चीनले नेपाललाई लगातार सहयोग गरिरहेको थियो र अझ बढी सहयोग गर्न चाहन्थ्यो । चीनले काठमाडौंमा टेबलटेनिसका लागि भनेर ठूलो भौतिक पूर्वाधार बनाइदिने र नेपाली टेबलटेनिसको स्तर पनि विश्वस्तरीय बनाउन थप प्रशिक्षण गर्ने प्रस्ताव राखिरहेको थियो । यसको बदलामा चाहन्थ्यो, नेपालले अन्तर्राष्ट्रिय मञ्चमा चीनको समर्थन गरोस् । विशेषतः विश्व टेबलटेनिसमा चीन चाहन्थ्यो, नेपालले उसको जोडदार समर्थन गरोस् ।

    तर नेपालका तर्फबाट त्यस्तो भएन, टेबलटेनिसका अन्तर्राष्ट्रिय सम्मेलनमा चीनले समर्थन चाहँदा नेपाल चुपचाप रह्यो । त्यति मात्र होइन, चीनले बनाइदिने भनेको भौतिक पूर्वाधारका लागि तत्कालीन प्रधानमन्त्री कीर्तिनिधि विष्टसामु प्रस्ताव पुग्दा उनले त्यसलाई स्विकारेनन् । त्यतिबेला प्रधानमन्त्री विष्टले नेपाली टेबलटेनिसलाई फर्काएको उत्तर थियो, ‘चीनलाई यस्तो गर्‍यो भने अर्को छिमेकी रिसाउँछ ।’ चीनलाई यो स्वीकार्य भएन ।

    बिस्तारै चीनले नेपाललाई टेबलटेनिसमा सहयोग गर्न कम गर्‍यो अथवा गर्न नै छाड्यो । त्यसपछि नेपाल र चीनबीचको टेबलटेनिस सम्बन्ध कहिले पनि त्यति धेरै प्रगाढ हुन सकेन । आरआर गुरु र अध्यक्ष वैद्य अहिले कल्पना गर्छन्, त्यो भौतिक पूर्वाधार बनेको भए, चीनले सहयोग जारी राखेको भए, नेपाली टेबलटेनिस कुन स्थितिमा हुन्थ्यो होला ? इतिहासले यो प्रश्न यस्तै कल्पनाका लागि नेपाली खेलकुद मात्र होइन, नेपाली कूटनीतिलाई पनि छाडेको छ ।

    लेखकबाट थप:

    • उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै
    • बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)
    • नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    • आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै
    • सुन ताेलामा ४८ सयले घट्याे

    आइतबार, साउन ३२, २०७७ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    कास्की अन्तरविद्यालय स्क्राबल च्याम्पियनसिप सम्पन्न : ८ खेलाडी राष्ट्रिय प्रतियोगिताका लागि छनोट
    प्रदेश साइक्लिङ्ग संघमा गोरखा गुरुङ र थापा उपाध्यक्ष र सदस्यमा निर्वाचित
    विश्वकप फुटवल : १६ वर्षपछि स्पेनकाे पाेल्टामा उपाधि
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै

    • २. बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)

    • ३. नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ४. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै

    • ५. सुन ताेलामा ४८ सयले घट्याे

    • ६. आज कुशे औँसी

    • ७. नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.