इंग्ल्यान्ड र पाकिस्तानबीचको दोस्रो टेस्टको दोस्रो दिन शुक्रबार पनि वर्षाले प्रभावित रह्यो । खराब मौसमका कारण पूरा दिन ४०.२ ओभरको खेल मात्र सम्भव भएको थियो ।
त्यसमा पाकिस्तानले नौ विकेट गुमाएर २ सय २३ रन बनाएको छ । मोहम्मद रिजान ६० रन बनाएर खेलिरहेका छन् र उनले अन्तिम विकेटका लागि मोहम्मद अब्बाससँग ३९ रनको साझेदारी गरिसकेका छन् ।
उनले १४ रनको स्थितिमा जीवनदान पाएका थिए । दुई दिनको खेलमा एक इनिङ्स पनि नसकिएको स्थितिमा टेस्टको स्पष्ट नतिजा आउने सम्भावना कमजोर बनेको छ ।



