×
शनिबार, भदौ २७, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै
  • ५ मिनेट अघि

बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)
  • ५९ मिनेट अघि

नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै
  • २ घण्टा अघि

सुन ताेलामा ४८ सयले घट्याे
  • २२ घण्टा अघि

आज कुशे औँसी
  • १ दिन अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १ दिन अघि

चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
  • १ दिन अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना
  • १ दिन अघि

उदयश्रीलाई जिग्मे मेमोरियल कप

  •  गोरखा समाचार
  • बुधबार, साउन २८, २०७७ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    उपल्लो मुस्ताङको लोमन्थाङमा सम्पन्न दोस्रो ‘छ्योग्याल जिग्मे मेमोरियल’ फुटबल र भलिबल प्रतियोगिताको दुवै कप उदयश्री युथ क्लबले जितेको छ ।

    लोघेकर दामोदरकुण्ड गाउँपालिका–३ घिलिङको उदयश्रीले स्नोल्यान्ड युवा क्लब फुर्वालाई पराजित गरी ट्रफी उचालेको हो । निर्धारित ९० मिनेटमा गोलरहित बराबरीपछि अतिरिक्त ३० मिनेटमा पनि गोल हुन नसकेपछि उदयश्रीले टाइब्रेकरमा ८–६ गोलले हराएर ७५ हजार रुपैयाँसहित कप, पदक र प्रमाणपत्र जितेको हो । स्नोल्यान्डले ५० हजार रुपैयाँसहित दोस्रो स्थान हात पार्‍यो ।

    जनैपूर्णिमा (यार्तोङ चाड) को अवसरमा ४ हजार ५० मिटर उचाइको लोमन्थाङ गाउँपालिका–३ थिंकर गाउँमा माउन्टेन पासाङ युवा क्लबको आयोजना गरेको प्रतियोगितामा लोघेकर दामोदरकुण्ड र लोमन्थाङ गाउँपालिकाभित्रका १४ युवा क्लबबीच प्रतिस्पर्धा भएको थियो ।

    ‘यो वर्षको फुटबल प्रतियोगिता विगतभन्दा बढी रोमाञ्चक रह्यो । लकडाउनले गर्दा सहरका सबै स्कुल कलेज बन्द भएकाले युवा विद्यार्थी गाउँमै रहेको हुँदा प्रतियोगिता बढी परिस्कृत रह्यो,’ आयोजक क्लबका कप्तान ढेण्डुक छिरिङ गुरुङले भने, ‘प्रतियोगिताको आर्कषण बढाउन प्रतिस्पर्धी टिमले दर्शकलाई आकर्षित गर्न खाना र खाजाको व्यवस्थासमेत गरेका थिए ।’

    त्यस्तै भलिबल प्रतियोगितातर्फ पनि उदयश्री युथ क्लबले नै विजेता बन्यो । सोही गाउँपालिकाको चराङलाई पाँचौं सेटमा ३–२ सेटले पराजित गरी कप हात पारेको हो ।

    उदयश्रीले ५० हजार र चराङ युवा क्लबले २५ हजार रुपैयाँ पुरस्कार पाए । प्रतियोगितामा विजयी खेलाडीलाई जिल्ला समन्वय प्रमुख छिरिङ ल्हामो गुरुङले नगद, कप, पदक र प्रमाणपत्र प्रदान गरिन् । पुरस्कार वितरण कार्याक्रममा ‘छ्योग्यल जिग्मे फाउन्डेसन’ का पदाधिकारीसमेत रहेका लोमन्थाङका अध्यक्ष सुवर्ण विष्ट र लोघेकर दामोदरकुण्डका अध्यक्ष लोप्साङ छोम्फेल विष्ट सहभागी भए ।

    ‘कोरोना महामारीको बीचमा पनि संक्रमणमुक्त क्षेत्र भएकाले हामीले उपल्लो मुस्ताङको प्रतिष्ठित फुटबल र भलिबल प्रतियोगिता सम्पन्न गराएका छौं,’ आयोजक क्लबका सचिव म्युच्योर गुरुङले भने ।

    परम्परादेखि नै घोडादौड र सांस्कृतिक मेला लगाउने गरिएकोमा १४ वर्षदेखि उपल्लो मुस्ताङका घिलिङ, घमी, ढाकमार, चराङ, मराङ, धी, सुर्खाङ, घारा, ताडग्या, ध्ये, लोमन्थाङ, नेन्योल, छोस्यार, न्याम्डो, किम्लिङ, थिंकर, फुवा, नाम्ग्याल समेतका गाँउमा पालैपालो फुटबल र भलिबल खेल समावेश गरी प्रतियोगिता आयोजना गरिँदै आएको छ ।

    पछिल्लो दुई वर्षदेखि लोमन्थाङका अन्तिम राजा जिग्मे परवल विष्टको सम्झनामा छ्योग्याल जिग्मे मेमोरियल खेल प्रतियोगिता नामकरण गरिएको हो ।

    लेखकबाट थप:

    • उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै
    • बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)
    • नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    • आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै
    • सुन ताेलामा ४८ सयले घट्याे

    बुधबार, साउन २८, २०७७ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    कास्की अन्तरविद्यालय स्क्राबल च्याम्पियनसिप सम्पन्न : ८ खेलाडी राष्ट्रिय प्रतियोगिताका लागि छनोट
    प्रदेश साइक्लिङ्ग संघमा गोरखा गुरुङ र थापा उपाध्यक्ष र सदस्यमा निर्वाचित
    विश्वकप फुटवल : १६ वर्षपछि स्पेनकाे पाेल्टामा उपाधि
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै

    • २. बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)

    • ३. नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ४. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै

    • ५. सुन ताेलामा ४८ सयले घट्याे

    • ६. आज कुशे औँसी

    • ७. नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.