साख्तर डोनेस्कले बासेलमाथि ४–१ को जित निकाल्दै मंगलबार युरोपा लिगको सेमिफाइनल स्थान निश्चित गरेको छ । अब फाइनल प्रवेशका लागि सन् २००९ को विजेताले इन्टर मिलानसँग खेल्नेछ ।
साख्तरका लागि जुनियर मारेस, टासन, एलान प्याट्रिक र डोडोले गोल गरे । रिकी भानले खेलको अन्त्यतिर बासेलका लागि एक गोल फर्काए । तर त्यो सान्त्वना मात्र साबित भयो ।
युक्रेनी च्याम्पियनले खेलमा अन्य धेरै अवसर गुमाएको थियो । ती सबैमा सफल रहेको भए बासेलमाथि अझ ठूलो अन्तरको जित सम्भव हुने थियो ।




















