×
शनिबार, भदौ २७, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै
  • ५ मिनेट अघि

बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)
  • ५९ मिनेट अघि

नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै
  • २ घण्टा अघि

सुन ताेलामा ४८ सयले घट्याे
  • २२ घण्टा अघि

आज कुशे औँसी
  • १ दिन अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १ दिन अघि

चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
  • १ दिन अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना
  • १ दिन अघि

शोएबले पुराना दिन सम्झँदा

"क्रिकेटका तीनै ढाँचामा गरेर उनले ४ सय ४४ विकेट लिएका छन् । अहिले पाकिस्तान र इंग्ल्यान्डबीच टेस्ट शृंखला चलिरहेको छ । यस्तोमा उनको चर्चा गर्न फेरि एकपल्ट उपयुक्त हुन्छ । "
  •  गोरखा समाचार
  • बुधबार, साउन २८, २०७७ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    शोएब अख्तर क्रिकेट इतिहासकै सबैभन्दा तीव्र गतिका बलर हुन् । यस्तै गति उनको विपक्षी खेलाडीसँग ‘जोरी’ खोज्नुमा पनि हुन्थ्यो । एक समय उनलाई बलिउड सिनेमामा खेल्न पनि प्रस्ताव आएको थियो । जेहोस्, शोएबलाई समाचारमा कसरी छाउनुपर्छ, त्यो पूरा थाहा छ ।

    उनले नाम पनि पाएका छन्, ‘रावलपिन्डी एक्सप्रेस’ । उनी विश्व क्रिकेट इतिहासमा प्रतिघण्टा सय माइल (१६० किमि) को गति तोड्ने पहिलो बलर हुन् । सन् २०११ मा उनले संन्यास लिए ।

    क्रिकेटका तीनै ढाँचामा गरेर उनले ४ सय ४४ विकेट लिएका छन् । अहिले पाकिस्तान र इंग्ल्यान्डबीच टेस्ट शृंखला चलिरहेको छ । यस्तोमा उनको चर्चा गर्न फेरि एकपल्ट उपयुक्त हुन्छ । क्रिकेटका कुरा गर्नुपर्छ, उनी खुबै मन खुलेर बोल्न चाहने खालका छन् । अनि उनले बोल्ने विषय पनि धेरै फराकिलो हुन्छ । उनी अहिले ४४ वर्षका भए । आफ्नो खेलजीवनका केही खास–खास मोडलाई फर्केर हेर्दा उनलाई कस्तो लाग्छ त ? अनि विश्व क्रिकेट उनले खेल्न छाडेयता कस्तो परिवर्तनबाट गुज्रियो त ?

    सन् २००३ को विश्वकपमा शोएबले नयाँ इतिहास रचेका थिए । उनले आधिकारिक रूपमा प्रतिघण्टा सय माइलको गतिमा बलिङ गरे र यस्तो गर्ने उनी पहिलो बलर पनि भए । यो खेल इंग्ल्यान्डविरुद्ध थियो केपटाउनमा । अनि उनको त्यो बल सामना गर्ने ब्याट्सम्यान थिए निक नाइट ।

    शोएब आफैं पनि यो उपलब्धिलाई धेरै ठूलो मान्दैनन्, किनभने उनका लागि यो खासै गाह्रो थिएन । यो त खाली त्यतिबेला मिडियाले बढी हल्ला गरेको समाचारमात्रै हो ।

    एउटा तथ्य के हो भने शोएबको यो प्रदर्शनले विश्व क्रिकेटलाई कुरा गर्ने एउटा विषय भने प्राप्त भयो । तर शोएब भन्छन्, ‘यो कामका लागि मैले कति धेरै हड्डी खियाए होला, यसका लागि मैले थप केही बढी कमाएको पनि थिइनँ ।’ उनी यो कीर्तिमान बनोस्, यत्ति भने चाहन्थे । उनले त्यसका लागि त्यसै खाले अभ्यास पनि गरेका थिए । ती दिन सम्झेर उनले भनेका छन्, ‘मैले यो कामका लागि निक नाइटलाई नै बलिङ गर्ने योजना बनाएको थिएँ ।’

    यसका लागि शोएबले नाइटलाई होसियारी पनि गरेका रहेछन् । ल है, अब सय माइलको गतिमा बल आउने छ । शोएबले यो उपलब्धिका लागि धेरै मिहिनेत भने गरेका छन् नै । जस्तो, उनले १ सय ७० केजी बोकेर दौडिन सुरु गरे । प्रत्येक सय मिटरको दौडपछि त्यसमा २० केजी कमी गर्थे । बलिङका लागि उनले २६ यार्डबाट दौडिन सुरु गर्थे । र, यसका लागि उनले क्रिकेट बलभन्दा केही गह्रौं अर्कै बल पनि प्रयोग गरे ।यसले शोएबले ६ किलोमिटर गति बढाउन सफल रहे ।

    शोएब सबैको ध्यान आफूमै केन्द्रित होस् भनेर चाहने खालका पनि होइनन् । तर मान्छन्, सबैको ध्यान आफूमै हुने बेला मज्जा पनि बेस्सरी आउने गर्छ । उनी भन्छन्, बलिङका लागि दौडिने बेला दर्शक, मिडिया सबैको ध्यान आफूमा हुने बेला त्यसले अलग्गै माहोल बन्छ । उनको जमानामा ९६.३ किलोमिटरको गतिले बलिङ गर्नु सजिलै हुन्थ्यो, यत्तिका बलर राम्रै संख्यामा पाइन्थ्यो ।

    अचेल यस्तो हुन्न, अहिलेको बलको गति झरेर ३ किलोमिटरवरिपरि आइपुगेको छ । शोएब यसबारे के भन्छन् त ? उनको जिकिर छ, ‘मेरो समयमा म जत्तिकै तीव्र गतिले बलिङ गर्ने ६ जना जति बलर दक्षिण अफ्रिकामै थिए । अब समय फेरिएको छ । धेरै गतिमा बलिङ गर्नु अहिले सम्भव छैन । अहिले दुई नयाँ बलका नियम छ, त्यसमाथि बलरमाथि मात्रै धेरै नियन्त्रण पनि । अझ क्रिकेट पनि धेरै भइरहेको छ, अझ अत्यधिक संख्यामा ट्वान्टी–२० क्रिकेट भइरहेको छ ।’

    त्यसैले अहिले बलर पनि चलाख भएका छन् । उनका उद्देश्य धेरै तीव्र गतिमा बलिङ गरेर घाइते हुनुभन्दा लामो समय खेलेर राम्रै कमाउनु ठीक हुने गर्छ । बलर अहिले १० वर्ष जति खेल्न चाहन्छ । शोएबको समयमा धेरै हदसम्म त्यस्तो थिएन । उनको समयमा नियम पनि केही खुकुलो थियो, अहिले बलरले दुई बाउन्सरमात्र फाल्न सक्छ । जतिबेला यो दुई बाउन्सरको नियम बनेको थियो, त्यतिबेला उनी साह्रै निराश भएका थिए । अब त शोएब विश्व क्रिकेटमा सनसनी मच्चाउन सक्ने खेलाडी पनि भएको मान्छन् । उनी प्रश्न गर्छन्, बेन स्टोक्स एकजना हो, खेलेर समाचारमा छाउन सक्ने, अरू कहाँ पो छन् र ?

    शोएब एकपल्ट म्याथ्यु हेडनसँग झगडामा पनि फसे । शोएबले त्यतिबेला भनेका थिए, ‘हेडनको शरीर मेरोभन्दा दुई गुणाले ठूलो छ, तर यस्तो शरीरले केही फरक पार्दैन ।’ उनको यस्तै कामले क्रिकेट अझ रोमाञ्चक भएको मान्छन् शोएब ।

    यस्तै झगडा उनले एन्ड्र्यु फ्लिन्टफविरुद्ध पनि गरे । भारतीय खेलाडीसँग पनि उनको यस्तै झगडा भइरहन्थ्यो कम्तीमा मुखले । उनको युवराज सिंह र हरभजन सिंहसँग यस्तै वाक्युद्ध पनि भयो । तर शोएब भन्छन्, तर मेरो विपक्षी टिमका खेलाडीसँगै जहिले राम्रो सम्बन्ध रह्यो, विशेषतः भारतीय खेलाडीसँग । बरु उनी के मान्छन् भने पाकिस्तानी क्रिकेट बोर्डसँगै त्यति राम्रो सम्बन्ध हुन सकेन । बोर्डले चाहिएका बेला शोएबलाई सक्दो सहयोग गरेन । उनी यस्तै मान्छन् ।

    लेखकबाट थप:

    • उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै
    • बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)
    • नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    • आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै
    • सुन ताेलामा ४८ सयले घट्याे

    बुधबार, साउन २८, २०७७ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    कास्की अन्तरविद्यालय स्क्राबल च्याम्पियनसिप सम्पन्न : ८ खेलाडी राष्ट्रिय प्रतियोगिताका लागि छनोट
    प्रदेश साइक्लिङ्ग संघमा गोरखा गुरुङ र थापा उपाध्यक्ष र सदस्यमा निर्वाचित
    विश्वकप फुटवल : १६ वर्षपछि स्पेनकाे पाेल्टामा उपाधि
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै

    • २. बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)

    • ३. नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ४. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै

    • ५. सुन ताेलामा ४८ सयले घट्याे

    • ६. आज कुशे औँसी

    • ७. नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.