गोरखा समाचारदाता
भक्तपुर – भक्तपुरको जगातीमा जीप र मोटरसाइकल ठोक्किँदा मोटरसाइकल चालकको ज्यान गएको छ ।
गएराति बा. १९ च ३३८४ नम्बरको जीप र बा. ६६ प २८१० नम्बरको मोटरसाइकल ठोक्किँदा भक्तपुर कमल विनायकका २९ वर्षका सुमन कटुवालको ज्यान गएको हो ।
जगाति प्रहरीको अनुसार घाईते कटुवालको उपचारको क्रममा ज्यान गएको हो ।
दुर्घटना लगत्तै जीप चालक फरार भएको छ । उनको प्रहरीले ब्यापक रुपमा खोजी गरिरहेको छ ।


