- राजधानीमा पछिल्लो २४ घण्टामा मात्रै १०६ जनामा संक्रमण पुष्टि
गोरखा समाचारदाता
काठमाण्डौं – नेपालमा नोबल कोरोना भाइरस (कोभिड–१९)बाट शुक्रबार थप ४६४ जनामा संक्रमण पुष्टी भएको छ ।
देशको विभिन्न प्रयोगशालामा गरिएको पिसिआर परिक्षणका क्रममा आज ४६४ जनामा कोरोना पुष्टी भएको हो । यो संगै नेपालमा कोरोना संक्रमितको संख्या २२ हजार २१४ जना पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज गरेको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा ७ हजार ९२६ वटा पिसिआर परीक्षणमा उत्त संख्यामा कोरोना संक्रमण देखिएको जानकारी दिए । उनले अहिले सम्म देशै भरी १५ हजार ८१४ जना कोरोना संक्रमित निको भए पछि डिस्चार्ज गरिएको छ । अहिले क्वारेन्टाइनमा १० हजार २०७ जना रहेका छन् ।
डा.गौतमका अनुसार नेपालमा ५०० बढी संक्रमित हुने जिल्लाहरुमा पर्सा, रौतहट, महोत्तरी र काठमाण्डौं हुन गएको छ ।
कोरोना संक्रमण शून्य हुने जिल्लाहरुमा खोटाङ, धनकुटा, संखुवासभा, रुकुम पश्चिम, मनाङ र मुस्ताङमा रहेको छ ।
संघिय राजधानीमा पछिल्लो २४ घण्टामा मात्रै १०६ जनामा संक्रमण पुष्टि भएको छ ।




















