गोरखा समाचारदाता
गोरखा – दरौंदी नदीले बगाएका मध्ये १ जना बालकको शब भेटिएको छ ।
नदीले बगाएर बेपत्ता भएका गोरखा जिल्ला पालुङटार नगरपालिका १ खुर्पाजुङका १४ बर्षका सविन श्रेष्ठको शव भेटिएको हो । अर्का बालकको अवस्था भने अहिले सम्म पनि अज्ञात रहेको छ ।
बालकको शब गोरखा नगरपालिका १२ को खत्रीबेसी स्थित दरौंदी नदी किनारामा भेटिएको जिल्ला प्रहरी कार्यालय गोरखाले जानकारी दिएको छ ।
उनीहरु हिजो (बिहिबार) गोरखा नगरपालिका ३ को बेनिखोलामा फुटवल खेल हेरेर फर्कने क्रममा दरौदी नदीले बगादा बेपत्ता भएका थिए । फुटबल हेर्न आएको ४ जना मध्ये २ जना भने नदी पार गरेर बाँच्न सफल भएका थिए ।
तस्बिर सौजन्य प्रदिप कुवर




















