गोरखा समाचारदाता
काठमाण्डौं – प्रधानमन्त्री केपी शर्मा ओलीमा कोरोना संक्रमण भए नभएको परीक्षण गर्न स्वाब संकलन गरिएको छ ।
शुक्रबार प्रधानमन्त्री र उनीसँग नियमित सम्पर्कमा आउनेहरुको स्वाब संकलन गरी परीक्षणका लागि पठाइएको हो ।
प्रधानमन्त्रीलाई विभिन्न कामले भेटिरहनुपर्नेहरुको पनि स्वाब संकलन गरिएको उनका प्रेस सल्लाहकार सुर्य थापाले बताए ।
प्रधानमन्त्री केपी शर्मा ओलीसँग साउन १४ गते बालुवाटारमा नै भेट भएका प्रदेश २ का आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्र यादवलाई बिहीबार कोरोना संक्रमण पुष्टि भए संगै उत्त बृत्तमा कोरोना त्रास फैलिएको छ ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारका सुरक्षाकर्मीहरुको गत सोमबार स्वाब संकलन गरिएको थियो । स्वाब परीक्षणको रिपोर्ट आएको छैन ।




















