गोरखा समाचारदाता
काठमाण्डौं – नेपालमा कोरोना संक्रमणका कारण आज पाटन अस्पतालमा उपचाररत थप २ जनाको ज्यान गएको छ ।
अस्पतालमा उपचाररत दुवैको शुक्रबार बिहान ज्यान गएको हो । ज्यान गुमाउने ४१ वर्षीय महिला र ४५ वर्षीय पुरूष भएको अस्पतालले पुष्टी गरेको छ । यो सँगै नेपालमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ७१ पुगेको छ ।
पाठेघरको क्यान्सर रोगी सुनौली घर भएकी महिलाको शुक्रबार बिहान ११ बजे ज्यान गएको थियो भने सर्लाही घर भएका पुरूषको बिहान ९ः३० बजे ज्यान गएको थियो। मृतक पुरुषमा मधुमेह र उच्च रक्तचापको समस्या रहेको अस्पतालले जनाएको छ ।


