गोरखा समाचारदाता
गोरखा – गोरखा जिल्ला भित्रका एनटिसीका ल्याण्डलाईन टेलिफोन र एडीएसएलका सेवाहरु केही दिनका लागि बन्द हुने भएको छ ।
नेपाल टेलिकमले पुरानो प्रविधिलाई स्तरोन्नती गर्न भन्दै केही दिनका लागि ति सेवाहरु बन्द रहने जानकारी गराएको हो ।
नेपाल टेलिकम गोरखाले एउटा सूचना जारी गर्दै कार्यालयबाट वितरण भएको पिएसटिएन र एडिएसएल लाइनहरु आज (बिहिबार) देखी आउदो सोमबार (साउन २६) सम्म अबरुद्व हुने जनाएको छ ।
गोरखा जिल्लामा पिएसटिएन १ हजार ६०० र एडिएसएल करिब ८०० जनाले सेवा लिदै आएको नेपाल टेलिकम गोरखा शाखाले जनाकारी दिएको छ ।





















