गोरखा समाचारदाता
गोरखा – गोरखाको बेनिखोलामा फुटबल खेरेर फर्कने क्रममा दरौदी नदीले बगाउदा २ जना बालक वेपत्ता भएका छन् ।
जिल्लाको पालुङटार नगरपालिका १ खुर्पाजुङमा फर्कने क्रममा बिहिबार नदीले बगाएर बेपत्ता भएका हुन् ।
४ जना साथीहरु संग गोरखा नगरपालिका ३ को बेनिखोलामा फुटवल खेल हेरेर फर्कने क्रममा १६ बर्षका सविन श्रेष्ठ र १५ बर्षका प्रज्वल श्रेष्ठलाई नदीले बगाएको जिल्ला प्रहरी कार्यालय गोरखाले जानकारी दिएको छ । बेपत्ता बालकहरुको हिजो साँझ देखी नै प्रहरी र स्थायिनले खोजबिन गरिरहेको भएता पनि अहिले सम्म फेला पार्न सकेको छैन ।
फुटवल हेर्न ४ जना मध्ये अन्य २ जना भने नदी तर्न सफल भएर घर फर्किएका थिए । सधै फुटबल हेर्न आउनेहरु नदीमा पौडीएर वारपार गर्ने गरेको स्थायनियले जानकारी दिए ।
केही दिन देखी लगातारको बर्षाका कारण नदीमा पानीको वहाव उच्च भएका पनि बेपत्ता बालकको खोजबिनमा समस्या परेको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी उपरिक्षक सुरेन्द्रबहादुर गुरुङले बताए ।
उनीहरुको खोजी कार्यका लागि चोरकाटे, बाह्रकिलो र मझुवा देउरालीमा रहेको प्रहरी र स्थानीयबासी परिचालन गरिएको छ ।


