गोरखा समाचारदाता
गोरखा – क्वारेन्टाइनमा बस्दै आएकी पालुङटार नगरपालिकाकी १ महिलामा कोरोना पुष्टी भएको छ ।
नगरपालिका ८ को धुवाकोटकी ३९ बर्षिया महिलामा कोरोना संक्रमण पुष्टी भएको हो । यो सहित अब जिल्लाका कोरोना संक्रमितको संख्या ११७ जना पुगेको छ ।
संक्रमित महिला श्रीमान संगै भारतबाट फर्किएर क्वारेन्टाइनमा बस्दै आएको पालुङटार नगरपालिकाका स्वास्थ्य प्रमुख कृण्ण अधिकारीले बताए । साउन १५ गते भारतबाट सिधै अकला माविको क्वारेन्टाइनमा बसेका उनका श्रीमानमा भने कोरोना नेगेटिभ आएको छ ।




















