गोरखा समाचारदाता
गोरखा – गोरखाको लक्ष्मी बजार क्षेत्रलाई सिल गरिएको छ ।
समुदाय स्तरमै कोरोना संक्रमण फैलिएको भन्दै गोरखा नगरपालिका वडा नम्बर ९ लक्ष्मीबजार क्षेत्रलाई सिल हो ।
कोरोना भाइरस (कोभिड–१९)को रोकथाम नियन्त्रण र न्युनिकरणका लागि गठित जिल्ला स्तरीय कमाण्ड पोष्टको आज (बिहिबार)बसेको बैठकले गोरखा नगरपालिका वडा नम्बर ९ को लक्ष्मी बजार क्षेत्रलाई सिलगर्ने निर्णय गर्दै पूर्व तर्फ खोलखोले कट्टेल चोक, पश्चिम तर्फ टक्सार सातदोवाटो, उत्तर तर्फको सिर्दी खोला र दक्षिण तर्फको लुदि खोलासम्मको क्षेत्र सिल गर्ने निर्णय गरिएको जिल्ला प्रशासन कार्यालय गोरखाले जनाएको छ ।
संक्रमितको कन्ट्रयाक्ट ट्रेसिङका क्रममा थप ३ जनामा कोरोना संक्रमणको पुष्टी भएपछि कन्ट्रयाक्ट ट्रेसिङको कामलाई समेत तिव्रता दिने निर्णय बैठकले गरेको छ ।
सिल गरिएको क्षेत्रमा कडाई गर्न थप सुरक्षाकर्मी समेत परिचालन गरिएको छ ।





















