गोरखा समाचारदाता
काठमाण्डौं – नोवल कोरोना भाइरस (कोभिड–१९)बाट नेपालमा आज थप ३६० जनामा संक्रमण पुष्टि भएको छ ।
देशको विभिन्न प्रयोगशालामा गरिएको पिसिआर परिक्षणका क्रममा ३६० जनामा कोरोना संक्रमण पुष्टी भएको हो । यो सहित नेपालमा कोरोना संक्रमणबाट २१ हजार ७५० जना संक्रमित भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज गरेको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रबत्ता डा.जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घन्टामा ६ हजार ६२२ जनाको पिसिआर नमुना परीक्षण गर्दा ३६० जनामा संक्रमण पुष्टी भएको जानकारी दिए ।
कोरोना संक्रमण पहिचानका लागि हालसम्म ४ लाख १९ हजार ५७५ जनाको पीसीआर नमुना परीक्षण गरिएको छ ।
बिहीवार मात्रै नेपालमा कोरोना संक्रमणबाट ५ जनाको ज्यान गएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । नेपालमा कोरोना भाइरस संक्रमण फैलिए पछि एकै दिन ज्यान गुमाउने यो सर्वाधिक संख्या हो ।
कोरोनाका कारण अहिलेसम्म ६५ जनाले ज्यान गुमाई सकेका छन् ।


