गोरखा समाचारदाता
गोरखा – नोवल कोरोना भाइरस (कोभिड–१९)बाट गोरखाको पालुङटार नगरपालिकाका २ जनामा कोरोना संक्रमण पुष्टी भएको छ ।
पालुङटार नगरपालिका ६ र ९ नम्बर वडाका २ जना पुरुषमा कोरोना संक्रमण पुष्टी भएको हो । यो सहित गोरखा जिल्लामा कोरोना संक्रमणबाट संक्रमित हुनेको संख्या ११२ पुगेको छ ।
स्वास्थ्य निर्देशनालय पोखराले आज बिहान जारी गरेको सूचना अनुसार गोरखा जिल्लाको पालुङटार नगरपालिका ६ का ३५ बर्षिय र ९ का २४ बर्षिय पुरुषमा कोरोना संक्रमण भएको छ ।
पालिकाका स्वास्थ्य प्रमुख कृण्ण अधिकारीका अनुसार वडा नम्बर ६ का पुरुष भारतीय सेनामा जागिर खाने र उनी छुट्टी मनाउन घर आएको हो । साउन १५ गते नेपाल आएका उनी सोही दिन रजगरे माविको क्वारेन्टाईनमा बस्दै आएका थिए ।
त्यस्तै गरी वडा नम्बर ९ का २४ बर्षिय पुरुष सायदी अरबबाट फर्किएका हुन् । साउन १३ संघिय राजधानीको त्रिभुवन अन्तराष्ट्रिय बिमान स्थलमा उत्रिएका उनी १५ गतेदेखी मदनेडाडाँ माविमा बस्दै आएका थिए ।
दुवैलाई गोरखा अस्पतालको आइसोलेसनमा ल्याउने तयारी भई रहेको जिल्ला स्वास्थ्य कार्यालय गोरखाले जनाएको छ ।



