अनुगमन फितलो हुदा निर्णय प्रभावकारी हुन नसकेको सर्व साधारणको गुनासो
गोरखा समाचारदाता
गोरखा – विश्व भरी फैलिएको कोरोना महामारी संगै गोरखा जिल्लामा पनि कोरोना रोकथामका लागि विभिन्न प्रयासहरु भई रहेका छन् ।
सुरुको केही समय लकडाउन प्रभावकारी भएता पनि पछिल्लो समय त्यसलाई उल्घंन गर्नेहरुको संख्या धेरै छ । कोही कसैले आफ्नै स्वास्थ्यलाई जोखिममा राखेर त कसैले बाध्यताका कारण लकडाउनलाई उल्घंनगर्नेहरु धेरै छन् ।
यो बिचमा कोरोना नियन्त्रणका लागि जिल्ला स्तरमा निर्माण भएको जिल्ला कमाण्ड पोष्टले धेरै निर्णय गरे तर त्यसको प्रभावकारी अनुगमन हुन नसक्दा निर्णय कार्यान्वयमा सर्व साधारणले समेत प्रश्न चिन्ह उठाउन थालेको छ ।
प्रशासन र प्रहरी संग पहुच भएकाहरुले यो लकडाउनलाई राम्रै संग उपयोगमा ल्याए तर हुदा खानेहरुले भने सधै प्रशासन र प्रहरीको सास्ती नै झेलीरहे । पछिल्लो पटक साउन २१ गते कमाण्ड पोष्टले गरेको केही महत्वपुर्ण निर्णयहरु पनि त्यसै थन्कीने त होइन भन्ने सर्व साधारणहरुलाई लागेको छ ।
हिजो मात्र कमाण्ड पोष्टले स्वास्थ्य, सुरक्षा तथा चेकजाँचलाई प्रभावकारी बनाउन भन्दै तनहुँ जिल्ला संग जोडिएको मझुवा देउराली, धादिङ संग सिमाना जोडिएको आरुघाट, चितवन संग सिमाना जोडिएको बेनिघाट र तनहुँ संग नै सिमाना जोडिएको तुरतुरे र नयाँ पुलमा सुरक्षाकर्मी र स्थानिय तहबाट ‘हेल्प डेस्क’ राखी पुनः पैदल तथा सवारी साधानहरुको विवरण राख्ने तथा अनावश्यक आवतजावतलाई पुर्ण रुपमा प्रतिबन्ध लगाउने निर्णय गरेको छ ।
त्यस्तै गरी कोरोना संक्रमण भएका ब्यक्तिहरुको ‘कन्ट्याक टे«ेसिङ’लाई तिब्रता दिने, कोरोना संक्रमितको उपचार गोरखा अस्पतालमा गराउने, जिल्ला भित्र रहेको निजी तथा सरकारी बिद्यालय, क्याम्पसहरुमा शैक्षिक गतिविधि गर्न रोक लागउने, ब्युटी पार्लर, सैलुन र जिमखानाले जोखिम बढाएको भन्दै पुर्ण रुपमा बन्द गराउने निर्णय गरेको छ ।
साथै कमाण्ड पोष्टले सार्वजनिक सवारी सञ्चालन गर्दा पुर्ण रुपमा स्वास्थ्य सुरक्षाको मापदण्डको पालनाका लागि जिल्ला स्थित सम्पूर्ण यातायात निर्देशन दिने निर्णय गरेको छ ।
कमाण्ड पोष्टले के के निर्णय गरयो त ?



