गोरखा समाचारदाता
गोरखा – गोरखा सदरमुकाममा मास्क नलाई हिड्नेहरुलाई आज निशुल्क वितरण गरिएको छ ।
विभिन्न कामले सदरमुकाम आएर पनि मुखमा मास्क नलाई हिड्ने सर्व साधारणहरुलाई निशुल्क मास्क उपलब्ध गराईएको हो ।
रोटरी क्लब अफ गोरखाको आयोजना तथा समुदाय साझेदारी कार्यक्रम अन्तरर्गत जिल्ला प्रहरी कार्यालय र सामुदायिक सेवा केन्द्रको समन्वयमा सदरमुकामको अफिस चोकमा निशुल्क मास्क उपलब्ध गराईएको हो ।
कार्यक्रमको गोरखा नगरपालिकाका नगर प्रमुख राजनराज पन्तले बाटोमा हिडी रहेका बटुवालाई मास्क लगाई दिएर सुरुवात गरिएको थियो । मास्क सवारी साधान र पैदलयात्रीलाई निशुल्क उपलब्ध गराईएको रोटरी क्बल अफ गोरखाका अध्यक्ष काशिनाथ अंगाईले बताए ।
माक्स वितरण गर्ने कार्यक्रममा गोरखा जिल्लाका प्रमुख जिल्ला अधिकारी तिर्थराज भट्टराई, प्रहरी उपरिक्षक सुरेन्द्रबहादुर गुरुङ, पत्रकार महासंघका अध्यक्ष किशोरजंग थापा, सामुदायिक सेवा केन्द्रका पदाधिकारी र रोटरी क्लवका पदाधिकारी लगायतको सहभागिता रहेको थियो ।
सो अबशरमा क्बले पिपिई सेट समेत नगरप्रमुख पन्तलाई हस्तान्तरण गरेको थियो ।









