गोरखा समाचारदाता
काठमाण्डौं – नोवल कोरोना भाइरस (कोभिड–१९)बाट बुधबार नेपालमा ३८१ जनामा संक्रमण पुष्टी भएको छ ।
देशको विभिन्न प्रयोगशालामा गरिएको पिसिआर परिक्षणका क्रममा पछिल्लो २४ घण्टामा ३८१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो। योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २१ हजार ३९० पुगेको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज गरेका निमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले दिएको जानकारी अनुसार नेपालमा ५०० बढी संक्रमित हुने जिल्ला पर्सा, रौतहट, महोत्तरी र कैलाली हुन्।
अहिले कोरोना संक्रमण शून्य हुने जिल्लाको संख्या भने ७ पुगेको छ। प्रवक्ता डा.गौतमका अनुसार खोटाङ, धनकुटा, भोजपुर, संखुवासभा, रुकुम पश्चिम, मनाङ र मुस्ताङमा कोरोना संक्रमण शून्यमा झरेको छ।




















