गोरखा समाचारदात
गोरखा – गोरखामा आज ३ जना पुरुषमा कोरोना संक्रमण पुष्टी भएको छ ।
जिल्लाको सिरानचोक र बारपाक सुलिकोट गाउँपालिकामा गरी ३ जनामा कोरोना संक्रमण पुष्टी भएको हो ।
कोरोना पुष्टी हुने ३ जना नै विदेशबाट आएर स्थानिय पालिकाको क्वारेन्टाइनमा बस्दै आएकाहरु भएको जिल्ला स्वास्थ्य कार्यालय गोरखाले जानकारी दिएको छ ।
संक्रमित मध्ये सिरानचोक गाउँपालिका ५ छोप्राकका २५ बर्षका पुरुष भारतीय सेनाको जागिरबाट बिदामा घर आएका हुन् । असार ११ गते आएर चित्रे पोखरी माविमाको क्वारेन्टाइनमा बसेका उनलाई कोरोना संक्रमण पुष्टी भएको गाउँपालिकाका स्वास्थ्य प्रमुख रामचन्द्र पाण्डेले जानकारी दिए ।
त्यस्तै गरी बारपाक सुलिकोट गाउँपालिका पनि आजै २ जना पुरुषमा कोरोना संक्रमण पुष्टी भएको छ । साउदी र कुबेतबाट आएर उनीहरु क्वारेन्टाइनमा बस्दै आएका थिए ।
संक्रमित मध्ये बारपाक सुलिकोट गाउँपालिका २ का २९ बर्षिय र बारपाक सुलिकोट गाउँपालिका ३ का २२ बर्षिय पुरुष भएको गाउँपालिकाका स्वास्थ्य प्रमुख कृण्ण भट्टले बताए ।
उनीहरु साउन ४ गते नै पाँचखुवा देउरालीमा रहेको शैलपुत्री माविको क्वारेन्टाइनमा बस्दै आएका थिए । दुवै जनाको स्वाब साउन १६ गते पिसिआर परिक्षणका लागि पठाइएको गाउँपालिकाले जनाएको छ ।
संक्रमित सबैलाई गोरखा अस्पतालमा रहेको आइसोलेसन कक्षमा ल्याउने तयारी भई रहेको छ ।




















