गोरखा समाचारदाता
सप्तरी – सप्तरीमा बिदेशबाट आएर होम क्वारेन्टिनमा बसेका १ जनाको ज्यान गएको छ।
रुपनी गाउँपालिका ५ स्थित गढियाका ४५ वर्षीय पुरुषको श्वास प्रस्वासमा समस्या आएर ज्यान गएको हो ।
मंगलबार एक्कासी ज्वरो आएर श्वास फेर्न गाह्रो भएपछि उपचारका लागि राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पताल लैजालैगर्दा बाटोमै ज्यान गएको हो ।
श्वासप्रश्वासमा समस्या आएका राजविराजस्थित छिन्नमस्ता अस्पतालमा उपचार गराएरहेका २ जनाको पनि ज्यान गएको छ ।
डाक्नेश्वरी नगरपालिका ९ का ७४ वर्षीय र राजगढ गाउँपालिकाका ७१ वर्षीय वृद्ध को अस्पतालमा उपचारको क्रममा ज्यान गएको हो ।
ज्यान गएका ३ जनाकै स्वाब संकलन गरेर पिसिआर परिक्षणको पठाईएको जिल्ला स्वास्थ्य कार्यालय सप्तरीले जनाएको छ ।




















