गोरखा समाचारदाता
काठमाण्डौं – मौषममा आएको परिवर्तनका कारण आज देशको केही स्थानमा ठूलो पानी पर्ने अनुमान गरिएको छ ।
मौसम पूर्वानुमान महाशाखाले जनाए अनुसार प्रदेश १, प्रदेश २, वाग्मती प्रदेश र सुदूरपश्चिम प्रदेशका केही स्थानमा ठूलो पानी पर्ने र अरु ठाउँमा हल्कादेखि मध्यम खालको पानी पर्ने सम्भावना रहेको हो ।
पानी परेसँगै बाढी आउने, पहाडी क्षेत्रमा भूक्षय हुने, डुबान समेत हुन सक्ने भएकोले सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ । राति र बिहानीपख देशका विभिन्न ठाउँमा ठूलो पानी पारेको प्रणाली अहिले कमजोर हुँदै गएकाले अब धेरै ठाउँमा ठूलो पानी पर्ने सम्भावना नरहेको समेत महाशाखाले जनाएको छ ।
आज राति देशका धेरैजसो ठाउँको मौसम सामान्य बदली भई प्रदेश १, वाग्मती प्रदेश, गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेशका केही स्थानमा ठूलो पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।




















