गोरखा समाचारदाता
गोरखा – गोरखामा कोरोना संक्रमित मध्ये उपचार पछि घर फर्कनेको संख्या १०५ जना पुगेको छ ।
नोवल कोरोना भाइरस (काभिड–१९)बाट संक्रमित १०७ जना मध्ये अहिले सम्म १०५ जनाले सफल उपचार पछि घर फर्किएका हो ।
गोरखा अस्पतालको आइसोलेसन कक्षमा उपचाररत २ जना पुरुषलाई मंगलबार सँझ डिस्चार्ज गरे संगै गोरखामा कोरोना जितेर घर फर्किनेको संख्या १०५ पुगेको हो । ‘अब जिल्ला भरी १ जना मात्र कोरोना संक्रमित बाँकी रहेको’ गोरखा अस्पतालका सूचना अधिकारी कृण्ण ढकालले बताए । ‘बाँकी रहेको संक्रमित मंगलबार मात्रै संक्रमण पुष्टी भएका बिरामी भएको’ सूचना अधिकारी ढकालले भने ।
मंगलबार भीमसेन थापा गाउँपालिका र पालुङटार नगरपालिकाका १/१ जना पुरुषहरुलाई अस्पताले डिस्चार्ज गरेको हो । उनीहरुको पिसिआर रिर्पोट नेगेटिभ आएका कारण हिजै घर पठाईएको हो ।
डिस्चार्ज भएर जानेमा भीमसेन थापागाउँपालिका १ का २७ बर्षिय पुरुष र पालुङटार नगरपालिका २ का २६ बर्षिय पुरुष रहेको गोरखा अस्पतालले जनाएको छ ।
उनीहरुलाई राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला र शुक्रराज ट्रपिकल एण्ड इन्फेक्सियस डिजिज हस्पिटल काठमाण्डौं र प्रदेश जनस्वास्थ्य प्रयोगशाला पोखरामा गरिएको पिसिआर परिक्षण नेगेटिभ आएको र १४ दिन आइसोलेसनमा बसेर उपचार गरेर घर फर्काएको गोरखा अस्पतालले विज्ञप्ती जारी गरि जानकारी गराएको छ ।
उपचारको क्रममा पालुङटार नगरपालिकाका १ पुरुषको ज्यान गएको थियो ।





















