गोरखा समाचारदाता
गोरखा – नेपाल कम्न्यूष्ट पार्टी (नेकपा)का प्रबत्ता नारायणकाजी श्रेष्ठले अहिले पार्टी भित्र देखिएको समस्याको निकाश अध्यक्ष केपी ओलीले नै दिनुपर्ने बताए ।
गोरखा सदरमुकाममा पत्रकारहरुको भेटघाटमा प्रबत्ता श्रेष्ठले समस्याको निकाश दिने पहिलो जिम्मेवारी अध्यक्ष ओलीको भएको बताएका हुन् ।
प्रबत्ता श्रेष्ठले ‘बैठक उपस्थित हुने, अरुको कुरा सुन्ने र आफ्ना कुरा राखेर अहिलेको समस्याको निकाश दिनुपर्ने’ भन्दै ‘पार्टी एकता कायमै रहन भएकोले फुट कुनै संभावना नै नरहेको’ बताए ।
पत्रकारहरुको प्रश्नको जवाफ दिदै प्रधानमन्त्री ओलीले प्रधानमन्त्री वा अध्यक्ष मध्ये एक पद छाड्ने वा नछाड्ने भन्ने विषय नितान्तै व्यक्तिगत भएको समेत बताए ।




















