गोरखा समाचारदाता
पोखरा – अपरिचित समूहले पोखराका विभिन्न स्थानमा राखीएका सवारी साधनमा आगजनी र तोड्फोड् भएको छ ।
पोखरा स्थित लेकसाइड, खहेर र मासबारमा सवारी साधनमा आगजनीका साथै तोड्फोड् भएको हो ।
सोमबार बिहान १ बजेको समयमा पोखरा महानगरपालिका ६ लेकसाईड स्थित सुईट होम गेष्ट हाउसको अगाडी राखीको स्कुटरमा आगजनी भएको छ भने ग. १४ प २०९० नम्बरको डियो स्कुटरमा पनि आगजनी भएको छ ।
घटना लगत्तै पुगेको प्रहरीले आगो नियन्त्रणमा लिए पनि स्कुटर जलेर कामै नालाग्ने भएको छ ।
पोखरा महानगरपालिका वडा नम्बर १८ खपौदीमा पनि सोमबार बिहान ३ बजेको समयमा बा. ७ च ५८३२ नम्बर को कारमा अज्ञात समूहले आगजनी गरेको छ ।
आगजनी हुदाँ कारको पछाडिको भागमा क्षति पुगेको । पोखरा ७ को मासबारमा बोलेरो जिपको सिसा तोडफोड गरिएको छ ।
घटना कसले घटाएको भन्ने बारेमा अनुसन्धान भईरहेको कास्की प्रहरीले जानकारी दिए ।




















