×
मङ्गलबार, साउन १२, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन
  • २ मिनेट अघि

सुन तोलामा ४३ सयले घट्याे
  • ४ घण्टा अघि

साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
  • ८ घण्टा अघि

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
  • ९ घण्टा अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ९ घण्टा अघि

आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना
  • १० घण्टा अघि

चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु
  • १० घण्टा अघि

मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी
  • १० घण्टा अघि

धनगढीमा आत्मदाह प्रयास गरेकी युवतीको मृत्यु
  • १ दिन अघि

आज जनै पूर्णिमा अर्थात क्वाटी खाने दिन

  •  
  • सोमबार, साउन १९, २०७७ मा प्रकाशित
    Advertisement
    • अ
    • अ
    • अ

    गोरखा समाचारदाता

    काठमाण्डौं – यो बर्षको आज जनै पूर्णिमा हो । आजैको दिन नयाँ जनै पहिरिने र रक्षा बन्धन अर्थात् नाडीमा डोरो बाँधेर जनै पूर्णिमा मनाइँदै छ ।

    हरेक वर्षको श्रावण शुक्ल पूर्णीमाका दिन जनै पूर्णिमा मनाउने गरिन्छ । यो पर्वलाई रक्षा बन्धन वा ऋषी तर्पणी पनि भन्ने गरिन्छ ।

    पूर्णिमाका दिनमा नयाँ जनै लगाउने तागाधारीहरुले विहानै उठी नुहाइ धुवाइ गरी वैदिक मन्त्र उच्चारण र सप्त ऋषिलाई तर्पण गरी जल चढाइ गराइएको जनैलाई धारण गर्ने परम्परा छ ।

    जनै लगाउने तागाधारीहरुले गोवर, माटो, कुस लगाएर पवित्र जलासयमा गएर स्नान गरी दतिवन वा अपमार्गले दाँत माँझ्ने र पन्चगब्य खाएर नयाँ जनै फेर्ने चलन रहेको संस्कृतिविदहरु बताउँछन् । पूर्णिमाका दिन सप्तऋषिलाई तर्पण दिने गरिएकाले यसलाई ऋषी तर्पणी पनि भन्ने गरिएको हो ।

    पूर्णिमाका दिन पुरोहितहरूले जजमानहरूको हातमा पहेंलो धागोको रक्षाबन्धन बाँधिदिने चलन छ । यो धागो बाध्नाले शरिरको रक्षा हुने विश्वास रहि आएको छ ।

    रक्षाबन्धन धागो महिलाहरुको बायाँ नाडीमा र पुरुषहरुले दायाँ नाडीमा बाँध्ने चलन छ । यो दिन बाँधिएको धागोलाई तिहारमा लक्ष्मीपूजाको दिनमा फुकालेर गाईको पुच्छरमा बाँधी विसर्जन गर्ने परम्परा छ ।

    भविष्यपुराणका अनुसार महारानी शचीले वैदिक मन्त्रद्वारा अभिमन्त्रित एक सूत्र ­धागो आफ्ना पति देवराज इन्द्रको हातमा बाँधेर आफ्ना तमाम शत्रुदेखि श्रावणशुक्ल पूर्णिमाकै दिन अभयदान दिएकीले त्यसकै संझनामा रक्षाबन्धन बाँध्ने चलन चलेको धार्मिक विश्वास छ ।

    पुरोहितद्वारा रक्षा बन्धन धागो बाँध्दा दैत्यराज बलिको दानशीलता र सत्यनिष्ठा स्मरण गराउने मन्त्र वाचन गर्ने परम्परा रहेको छ । सत्ययुगमा दानवद्वारा लखेटिएका देवगणलाई गुरु बृहस्पतिले रक्षा विधान तयार गरी डोरो बाँधेर जोगाएका थिए भत्रे पौराणिक कथनबाट रक्षा बन्धन चलेको धार्मीक विश्वास छ ।

    यस पर्वमा गोसाइँकुण्ड, दूधकुण्ड, हलेसी, धनुषसागर, मणिचूडदह, पाटनको कुम्भेश्वर आदि धार्मिक स्थलमा मेला लाग्ने गर्छ । जनै पूर्णीमालाई नेवारी समुदायमा गुंपुन्हि वा क्वाँटी नखः पनि भन्ने गरिन्छ । गुँपुन्हिकै दिन नेवार समूदायले ब्याँ जा नकिगु अर्थात भ्यागुतालाई भात खुवाउने दिनको रुपमा पनि लिन्छन् ।

    परापुर्वकालमा गथामुँग राक्षसलाई भ्यागुताले हिलोको दलदलमा डुबाइ मारेको सम्झना स्वरुप यस दिन सबैभन्दा पहिले भ्यागुतालाई भात खुवाइने परम्परा छ । त्यसैले खेत, खोला तथा भ्गागुताको बासस्थान नजिक गएर भात चढाइन्छ । त्यस्तै आजको दिनलाई क्वाँटी खाने दिन पनि भनिन्छ ।

    दुई दिन अघिदेखि पानीमा भिजाई राखिएको बिभिन्न नौ प्रकारका गेंडागूडि मिसाएर तयार पारेर टुसा उमारेकोलाई क्वाँटी भनिन्छ । हरियो टुसा पलाएको गेंडागूडीलाई विशेषगरी झोल तरकारीको रूपमा पकाएर खाने गरिन्छ । क्वाँटीले शरीरमा शक्ति बढाई रोगसँग लड्ने क्षमता बढाउछ भन्ने विश्वास छ ।

    लेखकबाट थप:

    • कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन
    • सुन तोलामा ४३ सयले घट्याे
    • साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
    • असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
    • नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    सोमबार, साउन १९, २०७७ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन
    सुन तोलामा ४३ सयले घट्याे
    साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन

    • २. सुन तोलामा ४३ सयले घट्याे

    • ३. साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’

    • ४. असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने

    • ५. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ६. आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    • ७. चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु

    धेरै पढिएको
    • १. गोरखाका मीनकुमार गुरुङविरुद्ध मुद्दा दायर

    • २. गाेरखामा गाँजा सहित ३ जना नियन्त्रणमा

    • ३. गोरखामा बेबारिसे महिलाकाे शव फेला

    • ४. ट्याक्टर चलाइरहेका बेला चक्कर लागेर ढलेका गोरखाका एक ट्याक्टर चालकको प्रहरीद्धारा उद्धार

    • ५. जन्मेका हामी नेपाली, भिजेर आफ्नै माटोमा

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.