एजेन्सी – भारतका गृहमन्त्री अमित शाहलाई कोरोना संक्रमण पुष्टि भएको छ ।
कोरोना भाइरसको शुरुवाती लक्षण देखिएपछि गराएको परीक्षणको क्रममा उनलाई कोरोना संक्रमण पुष्टि भएको हो ।
उनले ट्वीटरमार्फत आफूलाई कोरोना संक्रमण भएको पुष्टि गरेका हुन् ।
उनले आफ्नो अवस्था ठीक रहेको तर डाक्टरहरुले अस्पताल भर्ना हुने सुझाव दिएका कारण अस्पतालमा भर्ना भएको बताएका छन् ।




















