गोरखा समाचारदाता
काठमाण्डौं – नोवल कोरोना भाइरस (कोभिड–१९)बाट आइतबार नेपालमा थप २४६ जनामा संक्रमण पुष्टि भएको छ ।
देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप २४६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । यो संगै अब नेपालमा कोरोना संक्रमितको संख्या २० हजार ३३२ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज गरेको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रबत्ता डा.जागेश्वर गौतमका अनुसार देश भरका ८ हजार ८३१ स्वाब परीक्षणमा २४६ जना संक्रमित भेटिएका हुन् ।
कहाँकहाँ थपिए संक्रमितहरु
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सबैभन्दा धेरै पर्सामा ८१ जनामा संक्रमण पुष्टि भएको छ । धनुषामा ३५ जना, काठमाडौंमा २२ जना, मोरङमा १६ जना, सुनसरीमा १२जना, डोटीमा ११ जना र कैलाली र बर्दियामा १०/१० संक्रमित भएका छन् ।
त्यस्तै गरी ललितपुर र स्याङ्जामा ८/८ जना, महोत्तरी र कास्कीका ५/५ जनामा कोरोना संक्रमण पुष्टि भएको पत्रकार सम्मेलनमा जानकारी गराईएको थियो ।
यस्तै नवलपुर र लम्जुङका ३/३ जना, सर्लाही, रौतहट र तनहुँका २/२ जना तथा भक्तपुर, चितवन, सिन्धुली, गोरखा, बाग्लुङ, डोटी र दार्चुलाका १/१ जनामा संक्रमण पुष्टि भएको छ ।


