गोरखा समाचारदाता
सिन्धुपाल्चोक – जिल्लाको ‘केरुङ च्छो’ ताल फुटन सक्ने भन्दै प्रशासनले सचेत रहन सर्ब साधारणहरुलाई अनुरोध गरेको छ ।
छिमेकी मुलुक चीनस्थित न्यालमा रहेको ‘केरुङ च्छो’ ताल फुट्ने जोखिम कायमै रहेको भन्दै सर्ब साधारणहरुलाई सचेत रहन प्रशासनले आनुरोध गरेको हो ।
ताल फुटेमा भोटेकोशीको तटीय क्षेत्रमा पानीले ठुलो क्षति पुरयाउन सक्ने भन्दै प्रशासनले यस अघि पनि सचेत रहन आग्रह गरिएको थियो ।
तिब्बती क्षेत्रमा निरन्तरको वर्षा भई रहेका कारणले ताल फुट्ने सम्भावना बढेर गएको हो । भोटेकोशी नदीको बहाव बढेकोे भन्दै प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले भोटेकोशी तटीय क्षेत्रका बासिन्दालाई सुरक्षित रहन आग्रह समेत अनुरोध गरेका छन् ।
तटिय क्षेत्रमा पर्ने सबै प्रहरी चौकीलाई नदीमा पानीको बहाव निगरानी गर्न निर्देशन दिइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
भोटेकोशी तटीय क्षेत्रमा जोखिमपूर्व सूचना प्रणाली राख्न प्रशासनले यस अघि नै परराष्ट्र मन्त्रालयलाई पत्राचार गरिसकेको समेत प्रशासनले जनाएको छ ।




















