गोरख समाचारदाता
डोटी – डोटीको सेती नदीमा नुहाउन गएका २ स्वास्थ्यकर्मी नदीमा बेपत्ता भएका छन् ।
नुहाउदा नुहाउदै पानीमा बगेर उनीहरु बेपत्ता भएका हुन् ।
वेपत्ता हुनेमा बझाङ घर भई डडेल्धुरा उप क्षेत्रीय अस्पतालमा कार्यरत स्वास्थ्य सहायक विनयबहादुर सिंह र ल्याब असिस्टेण्ट हरि जोशी रहेको जिल्ला प्रहरी कार्यालय डोटीले जानकारी दिएको छ ।
शैलेश्वरी मन्दिर दर्शन गरि फर्कने क्रममा शिखर गाउँपालिका वडा नम्बर १० बानीडुग्रीसैनमा पर्ने सेती नदीमा पौडी खेल्ने क्रममा उनीहरु बेपत्ता भएको र उनीहरुको खोजी भैरहेको प्रहरीले जनाएको छ ।
साउन १ गते यता उत्त नदीमा पौडी खेल्ने क्रममा ४ जनाको ज्यान गईसकेको छ ।
तस्विर : गुगल


