गोरखा समाचारदाता
काठमाण्डौं – नोवल कोरोना भाइरस (कोभिड–१९)बाट सनिबार नेपालमा थप ३१५ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ ।
देशका विभिन्न प्रयोगशालामा गरिएको पिसिआर परिक्षणमा ३१५ जनामा कोरोना संक्रमण पुष्टी भएको हो । यो सँगै नेपालमा कोरोना संक्रमितहरुको संख्या २० हजार ८६ पुगेको छ ।
पछिल्लो २४ घण्टामा ९३ डिस्चार्ज भएका छन् । कुल डिस्चार्ज हुनेको संख्या भने १४ हजार ४९२ पुगेको छ। अहिले क्वारेन्टाइनमा ११ हजार ५३३ जना रहेका छन्।



