एजेन्सी – अमेरिकाले टिकटकमा प्रतिबन्ध लगाउने तयारी गरेको छ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पत्रकारसँग कुरा गर्दै चिनियाँ मोबाइल एप टिकटक बन्द गर्ने सम्बन्धी आदेशमा आज हस्ताक्षर गर्ने बताएका हुन् ।
ट्रम्पले आपतकालीन आर्थिक अधिकार एवं कार्यकारी आदेश लागू गर्न लागेका हुन् ।
फ्लोरिडा भ्रमणबाट फर्किने क्रममा चिनिया एप्समाथि प्रतिबन्ध लगाउने तयारी गरिरहेको जानकारी ट्रम्पले दिएका हुन् । यसअघि अमेरिकाले चिनिया प्रविधि कम्पनी हुवावेमाथि पनि प्रतिबन्ध लगाएको थियो ।
एप्समा प्रतिबन्धले अमेरिका र चीन विच विवाद झनै चुलिने अनुमान गरिएको छ ।
कोरोना भाइरस संक्रमण, डब्लुएचओको भुमिका, हङकङमा नयाँ सुरक्षा कानून लगायतका विषयमा दुईदेश विच विवाद हुँदै आएको छ ।
तस्विर : गुगल


