गोरखा समाचारदाता
गोरखा – जिल्लाको अश्राङमा ज्यादुल खोलाले बगाउदा एक नाबालिकाको ज्यान गएको छ ।
भीमसेन थापा गाउँपालिका ६ अश्राङ घर भएकी ३ बर्षिया बालिकालाई खोलाले बगाउदा ज्यान गएको हो ।
शुक्रबार साँझ ६ बजे तिर अश्राङबाट मकै लिन गएको आफ्ना वुवा अशोक तिवारीको पिछा गर्दै गएकी अमिसा तिवारीलाई खोलाले बगाउदा ज्यान गएको जिल्ला प्रहरी कार्याल गोरखाले जानकारी दिएको छ ।
घरै देखी पिछा गरेकी बालिकाको बारेमा बुवाले थाहा नपाउदा उत्त घटना भएको हो । बालिकाको शव राती ११ बजे ज्यादुल खोलाको किनारमा फेला परेको थियो । बालिकाको आफन्त, स्थानिय र प्रहरीले राती ११ बजे खोला किनारमा अमिसालाई मृत्त अवस्थामा फेला पारेको बोर्लाङ्ग प्रहरी चौकीका ईन्चाज धनबहादुर जितीले बताए ।
‘दिउसो ५:३० बजे नै बुवाको पछि लागेर गएको थियो । बालिकाको बुवाले त्यो कुरा थाहा नपाउदा दुखद घटना घट्यो’ एक स्थानियले फोनमा बताए । बालिकाको शब पोष्टमार्टमका लागि गोरखा अस्पताल ल्याउने तयारी भई रहेको छ ।


