गोरखा समाचारदाता
गोरखा – नोवल कोरोना भाइरस (कोभिड–१९)बाट संक्रमित अब गोरखामा २ जना मात्र रहेको छ ।
सदरमुकामको गोरखा अस्पतालमा उपचाररत बिरामी मध्ये आज ४ जनालाई डिस्चार्ज गरे पछि २ जना मात्र बिरामी बाँकी भएको हो ।
आज गोरखा अस्पतालबाट डिस्चार्ज भएका मध्ये पालुङटार नगरपालिकाका २९ बर्षिय पुरुष १ जना, भीमसेन थापा गाउँपालिकाका २८ बर्षिय पुरुष १ जना र शहिद लखन गाउँपालिकाका २५ र ४२ बर्षिय २जना पुरुष रहेको गोरखा अस्पतालले विज्ञप्ती मार्फत जानकारी गराएको छ ।
जिल्लाको विभिन्न पालिकाबाट आएको कुल १०७ कोरोना संक्रमित बिरामी मध्ये अहिले सम्म १०४ जना बिरामीले कोरोना जितेर घर फर्किएको गोरखा अस्पतालका सूचना अधिकारी कृण्ण ढकालले जानकारी दिए । ‘अब गोरखा अस्पतालको आइसोलेसन कक्षमा २ जना बिरामी मात्र बाँकी रहको’ ढकालले बताए ।
गोरखा १ जनाको कोरोना संक्रमणका कारण ज्यान गएको थियो ।



