गोरखा समाचारदाता
काठमाण्डौ – नोवल कोरोना भाइरस (कोभिड–१९)बाट ललितपुरमा १ महिलाको ज्यान गएको छ ।
ललितपुरस्थित स्थित पाटन अस्पतालमा उपचाररत ६५ वर्षीया कोरोना संक्रमित महिलाको ज्यान गएको हो । यो सहित नेपालमा कोरोना संक्रमणबाट ज्यान जानेको संख्या ५६ पुगेको छ ।
अस्पतालको आइसियूमा उपचाररत महिलाको उपचारको क्रममा ज्यान गएको हो । उनी साउन ६ गते अस्पताल भर्ना भएकी थिइन ।
मृतक महिला ललितपुर थसिखेल कि बासिन्दा हुन । वीरगञ्जवाट फर्केपछि उनीमा कोरोना संक्रमण देखिएको थियो ।
स्टार अस्पतालमा कोरोना संक्रमण पुष्टि भएपछि उनलाई पाटन अस्पतालको आइसोलेसनमा भर्ना गरिएको थियो ।



