गोरखा समाचारदाता
काठमाण्डौं – नोवल कोरोना भाइरस (कोभिड–१९)बाट शुक्रबार नेपालमा थप २२४ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ ।
देशका विभिन्न प्रयोगशालामा गरिएको पिसिआर परिक्षणमा २२४ जनामा कोरोना संक्रमण पुष्टी भएको हो । यो सँगै नेपालमा कोरोना संक्रमितहरुको संख्या १९ हजार ७७१ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज गरेको निमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रबत्ता डा.जागेश्वर गौतमले दिएको जानकारी अनुसार गएको २४ घण्टामा १० हजार ७८६ जनाको परीक्षण गर्दा २२४ जनामा कोरोना संक्रमण देखिएको जानकारी दिए ।




















