एजेन्सी – अफगानिस्तानमा कार बम विस्फोटमा परेर कम्तीमा १७ जनाको ज्यान गएको छ ।
लोगार प्रान्तमा आत्माघातीहरुले कारमा बम विष्फोट गराउदा अन्य २१ जना घाइते भएका छन् ।
लोगार प्रान्तका गर्भनरको कार्यालय रहेको व्यस्त बजारमा एक जना आत्माघाति चालकले कार विष्फोट गराएको सेनाले जनाएको छ । इद पर्वको अवसरमा सर्वसाधारणहरु पुली आलम बजारमा किनमेलमा व्यस्त रहेको समयमा बम बिस्फोट गराइएको हो ।
बम विस्फोटको कुनै समूहले जिम्मा लिएको छैन । तालिवान विद्रोहीले तीन दिनसम्म इदका लागि युद्धविराम घोषणा गरेकै दिन विस्फोट भएको हो । तालिवानले भने विष्फोटमा आफ्नो संलग्नता नरहेको जनाएको छ ।


