गोरखा समाचारदाता
काठमाण्डौ – सर्वोच्च अदालतले चितवनको माडी कुसुम खोलामा बसोबास गर्ने चेपाङ बस्ती नहटाउन आदेश दिएको छ ।
चेपाङ समुदायलाई कुसुम खोलाबाट तत्काल नहटाउन भन्दै सर्वोच्च अदालतका न्यायाधीश टंकबहादुर मोक्तानको एकल इजलाशले अन्तरिम आदेश दिएको हो ।
यसै साता चेपाङ बस्तीमा आगजनी गर्दै सेनाले हटान खोजे पछि विरोध हुँदै आएको छ । घटनाको बिरुद्ध चेपाङ समुदायको हितमा अधिवक्ता राजुप्रसाद चापागाइँसहित १४ जनाले रिट दायर गरेका थिए ।
बिहीबार बसेको इजलाशले मुद्दालाई छिट्टो टुंगोमा पुर्याउन अग्रधिकार दिँदै चेपाङ बस्तीको बसोबास, सम्पत्तिको हक लगायत मौलिक हकको विषय भएकाले उक्त निर्णय यथास्तितिमै राख्न र बस्ती नहटाउन आदेश दिएको हो ।
साथै सर्वोच्चले सरकारसँग उक्त आगजनी लगायत हटाउने निर्णयको १५ दिनभित्र लिखित कारण समेतमाग गरेको छ ।
तस्विर गुगल




















