गोरखा समाचारदाता
गोरखा – राष्ट्रिय विभूती अमरसिंह थापाको स्मृती दिवशमा भोली सिरानचोक गाउँपालिकाले सावजानिक विदा दिने भएको छ ।
पालिकाले सूचना जारी गर्दै शुक्रबार सावजानिक बिदा दिने निर्णय गरेको हो ।
थापाको २०४ औं स्मृति दिवसको अबसरमा पालिकाले साउन १६ गते शुक्रबार पालिका भित्रका सबैलाई सार्वजनिक बिदा दिने निर्णय गरेको गाउँपालिकाले जनाएको छ ।
तत्कालिन गोरखा राज्यको किल्ला रक्षा गर्न सिरानचोककोटमा बिक्रम शम्बत १८३८ मा चौविसे राज्यहरुसंग लडाइमा शौर्य र रणकौशलको प्रर्दशन गर्न सफल तथा नेपाल एकिकरणमा महान भूमिका खेलेका थापाको सम्मानमा सार्वजनिक बिदा दिने निर्णय भएको गाउँपालिका अध्यक्ष राजु गुरुङले बताए ।
थापाको बि.स. १८७३ साउन १६ गते गोसाईकुण्डमा ज्यान गएको थियो । स्मृति दिवसको अबसरमा शुक्रबार नै पालिकाको गाँखु डाँडेमा अमरसिंह पार्क निर्माणको थालनी गरिने भएको छ ।



