गोरखा समाचारदाता
काठमाण्डौं – नेपाली बजारमा सुनको भाउ उकालो लाग्ने क्रम आज पनि जारी रहयो । आज तोलामा ५०० रुपैयाँले बढेर ९९ हजारमा कारोबार भएको छ ।
यो मुल्य नेपाली बजारमा अहिले सम्मकै उच्च भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । लक डाउन पछि नेपाली बजारमा सुनको मूल्यमा हरेक दिनजसो रेकर्ड बनिरहेको छ ।
तेजावी सुन भने ९८ हजार ५६० रुपैयाँमा कारेवार भएको छ । चाँदी प्रतितोला १ हजार २५० रुपैयाँमा कारोवार भैरहेको छ ।
कोरोनाका कारण अर्थतन्त्र प्रभावित भएका कारण लगानीकर्ता सुनमा आकर्षित हुँदा सुनको मूल्य बढ्दै गएको अनुमान गरिएको छ ।


