गोरखा समाचारदाता
गोरखा – केही दिन अगाडी पहिरोमा परि ज्यान गुमाएकी फुजेलकी एक महिलाको परिवारलाई सरकारी सहयोग उपलब्ध गराईएको छ ।
गण्डकी प्रदेशका भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री लेखबहादुर थापाले एक कार्यक्रम बिच उनको परिवारलाई २ लाख ५० हजार रुपैयाँ उपलब्ध गराएका हो ।
साउन ५ गते जिल्लाको गण्डकी गाउँपालिका ४ फुजेल कौदीकी लक्ष्मी गुरुङ घर संगै जोडिएको बाख्राको खोरमा बाख्रालाई घाँस हाल्न जादा घर माथिको कच्ची सडकबाट आएको पहिरोमा परेर ज्यान गएको थियो । गुरुङको परिवारलाई मन्त्री थापामगरले मंगलबार २ लाख ५० हजार हस्तान्तरण हो ।
गृह मन्त्रालय मार्फत प्राप्त उत्त रकम जिल्ला प्रशासन कार्यालय गोरखाले उपलब्ध गराए पछि मन्त्रि थापामगरले उनका पती निर्मल गुरुङ्गलाई हस्तान्तरण गरेका थिए ।


