गोरखा समाचारदाता
गोरखा – गोरखाको गुम्दाँमा रुखबाट लडेकी महिलालाई हेलिकप्टर मार्फत उद्वार गरी संघिय राजधानी लगिएको छ ।
जिल्लाको धार्चे गाउँपालिका ५ को गुम्दामा रुखबाट लडेर गम्भीर घाइते भएकी महिलाको एयर डायनेष्टीको हेलिकप्टर मार्फत उद्धार गरि उपचारका लागि काठमाण्डौ लगिएको हो ।
आइतबार जंगलमा घाँस काट्न गएकी कान्छी गुरुङ रुखबाट लडेर गम्भीर घाइते भए पछि हेलिकप्टर मार्फत उद्धार गरि पठाइएको वडाध्यक्ष तुलबहादुर गुरुङले बताए ।
उनले घर नजिकै रहेको फुक्लो भन्ने जंगलमा बाख्राका लागि घाँस काट्न रुखमा चडेको बेला लडेर घाईते भएकी वडाध्यक्ष गुरुङले जानकारी दिए ।
घटना लगत्तै उद्धार गरिएका उनलाई प्रारम्भिक उपचारपछि थप उपचारका लागि काठमाण्डौ पठाइएको हो । घाइते महिलाको छाती र टाउको चोट देखिएको छ ।
आइतबार रुखबाट लडेकी उनलाई सडक मार्गबाट लैजान सम्भव नभएपछि सोमबार हेलिकप्टर मार्फत संघिय राजधानी लगिएको हो ।
तस्बिर सौजन्य : तुलबहादुर गुरुङ




















